धरान: जनप्रतिनिधि चयन भएर आएपछि कानुन र ज्ञानको अभावमा रुमलिएको स्थानीय सरकारले विस्तारै लय समात्दै गएको छ ।
पछिल्लो कोभिड–१९ को संक्रमणले तीनै तहका सरकारका कार्यक्रमको रुपरेखा परिवर्तन भएका छन् भने जनताका आवश्यता फेरिएका छन् । संघीय सरकारले उत्पादनमुखी बजेट ल्याएको छ भने अब प्रदेश र पालिका तहले समेत सोहिअनुसार बजेटको सिलिङ तय गर्दैछन् । मोरङको बेलवारी नगरपालिकाले शुरुको आर्थिक वर्षमै पहिलो प्राथमिकता कृषिलाई राख्यो । नगर क्षेत्रका ६५ प्रतिशत नागरिक यहि पेशामा आबद्ध भएपछि ११ वडामा फरक–फरक पहिचान दिने फरक उत्पादनमा महत्वका साथ बजेटले कार्यक्रम समेट्यो । ‘पहिलो साल रोपेका कागतीले उत्पादन शुरु गरेका छन्,’ उपमेयर ढाकाकुमारी पराजुली भन्छिन्–‘कृषिलाई प्राथमिकतामा राखेर थालिएका कार्यक्रमको नतिजा आउन शुरु भएको छ ।’
नगरले योजना बनाउँदा माटो सुहाउँदो नीति ल्यायो । कुनै वडामा सुपाडी जोन, कुनैमा केरा त कुनैमा मकै, गहुँ प्राथमिकतामा छन् । त्यसका लागि नगरपालिकाले मलखाद, बीउ र समस्या पर्दा प्राविधिकको जोहो गरिदिन्छ । बजारसम्म पुुर्याउन सहजिकरण गरिदिन्छ । हरेक साल उन्नत बीउका लागि नगरले नै सहजिकरण गरिदिन्छ । वडा–वडामा किसानको समुह छ । उनिहरुको आर्थिक अवस्था हेरेर ५० प्रतिशत देखि शतप्रतिशतसम्म अनुुदान सहयोग दिइन्छ । ‘आज देखि केराखेतीमा लाग्ने किसानलाई उन्नत विरुवा बांड्न ४ हजार पिस मगाएका थियौँ, अब यसलाई किसानको माग फारमको आधारमा बाँडिन्छ,’उनले जानकारी दिइन् ।
बेलवारीले यस अघि पनि बाख्रापालन किसानको आर्थिक स्थिति उकास्न उन्नत जातको बोयर बोका वितरण गरेको थियो । मेयर कृषि कार्यक्रम अन्तर्गत १ सय बोका अष्ट्रेलियाबाट ल्याएर किसानलाई बांड्ने कार्यक्रम नै राखिएको थियो । नगरले यस अघि गरिबसँग नगरपालिका कार्यक्रमलाई सफलता पूर्वक चलाउँदै आएको छ । यसमा निम्न वर्गका नागरिका लागि पशु वितरण देखि कृषिकर्मका लागि आवश्यक औजारहरु वितरण गर्दै आएको छ ।
भुमि बैँकको अवधारणा
भुमि बैँक बेलवारीको नयाँ कार्यक्रम हो । नगरले आफ्ना क्षेत्र भित्रका नागरिकलाई भोकै बस्न नपर्ने गरि नवीन कार्यक्रम ल्याउँदै छ । नयाँ आर्थिक वर्षमा समेट्ने यो कार्यक्रमले नगर भित्रका अतिविपन्न वर्गलाई जोड्ने यो नै उत्तम कार्यक्रम हो ।
उपमेयर पराजुलीका अनुसार भुमी बैँक यस्तो अवधारणा हो जहाँ नगरले खाली ऐलानी वा निजि जग्गा (आवश्यक परे लिजमा लिएर¬) आफुु मातहत लिएर विपन्न नागरिकलाई सरकारले तोकेको ज्यालामा काम लगाउँछ । उसलाई वर्षभरी खान नपुुग्ने अवस्था भएमा त्यो उत्पादन सोहि नागरिकलाई दिने तयारी छ । यसरी बेरोजगारको दर पनि घट्ने, नगरको आम्दानी बढ्ने र कोहि भोकै बस्न नपर्ने गरि ल्याउन लागिएको नगरको कार्यक्रम विशेष प्राथमिकतामा छ ।
करिब ८० हजार जनसँख्या रहेको राजमार्ग छेउको यो नगरले उद्यमाशिलता अन्तर्गतको बजेट पनि कृषि केन्द्रित गरेको छ । ‘अब जीविका पालनको महत्वपुुर्ण स्रोत कृषि नै रहेछ भन्ने पं्रमाणि भयो’ उपमेयर पराजुलीले भनिने । ‘अब हाम्रा हरेक कार्यक्रमले कहि न कहि कृषिलाई जोड्ने छ । कृषिको बजेट पनि बढेर आउँदैछ ।’
सुनसरीको इटहरी उपमहानगरपालिकामा कृषिमैत्री कार्यक्रम शुरु गरेको छ । नगरमा दुुध, तरकारी र मासुमा आत्मनिर्भर बन्न विभिन्न कार्यक्रम संचालन भइरहेका छन् । इटहरीले पहिलो पटक ७५ किसानलाई एक–एक ओटा गाइ वितरण गरेको छ भने खेत जोत्ने पावर टेलर वितरण गरेको छ । इटहरीको पशुुशाखाका अनुसार एक दिन अघि मात्र इटहरी क्षेत्र भित्रका ७५ किसानलाई शतप्रतिशत अनुुदानमा कोरली गाई वितरण गरिएको छ भने आइतवार ११ किसानलाई ८५ प्रतिशत अनुुदानमा पावर टेलर वितरण गरिएको छ । उपमेयर लक्ष्मि गौतमका अनुसार इटहरीका अधिकाँश वडामा किसान रहेका छन् । उनिहरुलाई आत्मनिर्भर बनाउने र नगरको योजना रहेको छ । ‘हामी आउनुुपुर्व नै दुुध, तरकारी र मासुमा आत्मनिर्भर बनाउने भन्ने योजना थियो,’गौतमले भनिन्–‘आफुले बोलेको पुरा गर्न लागि परेका छौँ ।’
दुुध उत्पादनमा बृद्धि गर्न गाई वितरण देखि क्रिम निकाल्ने मेसिन र दुध बोक्ने क्यानसम्म वितरण गरिएको छ भने कृषिमा लाग्ने किसानलाई खुल्ला आवेदनमार्फत मेसिनरी सामान दिइएको छ । मेयर द्धारिकलाल चौधरीको सँयोजकत्वमा हुने कृषि र पशुु समितिले उचित ठहर्याएर मात्र किसानलाई सहयोग वितरण गर्ने गरिन्छ । यस अघिका कार्यक्रममा कृषिमा बजेट भएपनि केहि कानुनको अभावमा किसानलाई अनुुदान दिन समस्या भएको थियो । अहिले कानुन बनेर आएपछि किसानमैत्री कार्यक्रमले प्राथमिकता पाएको गौतमले बताइन् ।
तरकारी खेती विस्तारका लागि उपमेयर आत्मनिर्भर कार्यक्रममार्फत समेत कोशी खेतीमा विशेष जोड दिइएको छ । गाउँ र शहरकेन्द्रीत कार्यक्रमको एउटैउदेश्य उत्पादनमा जोड रहेको हुँदा ठाउँअनुसार कार्यक्रमको मोडल तय गरिएको उनको भनाई छ । इटहरी १३, १४ र १५ बाख्रापालनको दृष्टिले उचित ठाउँ भएको हुँदा त्यहाँका किसानलाई ९० ओटा बाख्रा वितरण गरिएको छ । त्यस्तै मासुु उत्पादनलाई मध्यनगर गरेर किसानलाई बँगुर वितरण गरिएको छ भने अब ५० ओटा पाडा वितरण गर्ने इटहरीको तयारी रहेको छ । मासु उत्पादनलाई जोड दिन नगर भित्र माछापालन किसान लक्षित कार्यक्रम सँचालित छन् । माछाका भुरा वितरण देखि पोखरी खन्नसम्म नगरले सघाइरहेको उपमेयरको भनाई छ ।
बढ्दै कृषिको बजेट
आर्थिक वर्ष २०७७/७८ को बजेट बन्ने प्रक्रियामा रहेको छ । इटहरीका सम्पुर्ण वडा अध्यक्षलाई कृषिलाई विशेष जोड दिइ कार्यक्रम ल्याउन आग्रह गरिएको छ । इटहरी ५, ४, ९, १२, २० र ६ वाहेक प्राय: सबै वडामा किसानको बाहुल्य रहेको छ । ३९ सय घरधुरी रहेको इटहरीमा करिब ५५ प्रतिशत जनसँख्या कृषि पेशासँग जोडिएको हुँदा उनिहरुको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउन भनिएको गौतमले जानकारी दिइन् ।
उनका अनुसार महामारीले सबैलाई पाठ सिकाएको हुँदा उत्पादनमा जोड दिने कार्यक्रम नगरको प्राथमिकतामा छन् । अघिल्लो साल पशु र कृषि विकासमा १–१ करोड बजेट विनियोजन भएको थियो भने यो पटकको बजेट कृषि विकासमा २ करोड र पशुुमा ७५ लाखको सिलिङ तोकिएको छ ।
‘हिजो आजको आवश्यकताले जनप्रतिनिधि र किसानलाई राम्रो सन्देश दिएको छ,’ उपमेयर गौतमले भनिन्–‘कृषिलाई फोकस गरेर कार्यक्रम ल्याउन सबै वडालाई भनिसकेका छौँ ।’