विराटनगरः प्रदेश एक सरकारले ल्याएको बजेटबारे विपक्षी दल नेपाली काँग्रेसले आक्रोस पोखेको छ ।

कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो । संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिए । उनले मुुख्यमन्त्रीका नाममा मात्र ४५ करोडको बजेट विनियोजन गर्नुले अझैपनि व्यक्ति केन्द्रित र कार्यकर्ता पोस्ने मात्र काम भएको उनको आरोप छ । ‘महामहारीको नियन्त्रण, रोकथाम र त्यसको असरलाई व्यवस्थापन गर्न केन्द्रित हुनुपर्नेमा बजेट अपरिपक्कढंगले आयो’ उनले भने ‘यसले हालको समस्यालाई सम्बोधन गर्दैन ।’

यता नेपाली काँग्रेसकै प्रमुख सचेतक केदार कार्कीले जनभावना भन्दा पनि सिमित व्यक्तिलाई मात्र केन्द्र राख्ने प्रयास भएको प्रतिक्रिया दिए । ‘यो बजेटले कार्यकर्ताको चिटलाई मात्र ध्यान दिएको छ । यसले प्रदेशको दीर्घकालिन योजना निर्माणका लागि कुुनै सम्बोधन गरेको छैन,’ कार्कीले भने ।

प्रदेशको विकासमा उद्योग क्षेत्रको योगदान करिब १६.८प्रतिशत सम्म भए पनि बजेटले २० करोड ५० लाख मात्र विनियोजन भएको भन्दै सरकारले सम्बेदनशिल नभएको बताए । यता जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले भने आएको बजेटको ५० प्रतिशत मात्र भए पनि उपयोग भएमा प्रदेशले सरकारले ठुलो उपलब्धि हाँसिल गर्ने भन्दै बजेट कार्यन्वयनको सवालमा चुुनौती हुने आशंका व्यक्त गरे ।

उद्योग वाणिज्य संघ प्रदेश एकका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले भने स्थानीय सरकारले मच्चाएको कर आतंक बारे बजेटले कुनै सम्बोधन नगरेको भन्दै व्यवसायी निराश भएको प्रतिक्रिया दिए । महामारिको बेला सरकारले अघि बढाएको प्राथमिकता ठिक भए पनि निजि स्थानीय सरकारको कार्य र त्यसले पारेको व्यवसायीको असर बारे नबोल्दा निजि क्षेत्र नै धराशायी हुने जोखिम बढेको तर्क गरे ।

‘कोभिड १९ को संक्रमणमा परि अर्थ क्षेत्रमा गम्भिर असर परिरहेको बेला कर आतंक बढाउने पालिका क्षेत्रबारे बोल्नुपथ्र्यो,’ उनको गुनासो छ, ‘कम्तिमा अवैज्ञानिक रुपमा बढाइएको करबारे पुनर्मुुल्यांकन वा घटाइने भन्ने स्पष्ट कुरा आउनुुपथ्र्यो ।’ प्रदेश एक सरकाले आर्थिक वर्ष २०७७/७८ का लागि करिव ४१ अर्वको बजेट ल्याएको छ ।

आज प्रदेश एक संसदमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङ्गबोले ४० अर्व ८९ करोड ९९ लाख ४७ हजारको बजेट संसदमा प्रस्तुत गरेका छन् । जसमा चालुु खर्चतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत छ भने पुँजिगत तर्फ २१ अर्व ९२ करोड २५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत रहेको छ । प्रदेश एकको बजेटले स्वास्थ्य, कृषि र शिक्षालाई मुल प्रथमिकतामा राखेको छ ।

स्वास्थ्य संस्थाको क्षमता अभिबृद्धि गर्दै प्रत्येक जिल्ला अस्पतालको क्षमता सुधार देखि अत्यावश्यक सेवा केन्द्रको रुपमा विकास गर्ने सरकारको तयारी रहेको छ । त्यस्तै कृषि क्षेत्रको विकास र विस्तारका लागि आधुनिक खेतीप्रणालीलाई प्रोत्साहन गर्दै कृषि रोजगारी बढाइने छ, जसका लागि सरकारले ३ अर्व ८३ करोड १६ लाख बजेट छुुट्याएको छ ।

त्यस्तै यातायात तथा पूर्वाधार विकासमा ८ अर्व ३७ करोड र सिँचाई तथा नदी व्यवस्थापनमा ४ अर्व ९ करोड रहेको छ । पर्यटन पूर्वाधार तथा प्रबद्र्धन तर्फ १ अर्व १९ करोड, बन वातावरण तर्फ १ अर्व ४५ करोड, सहरी विकास तर्फ १ अर्व ३७ करोड लगाएतका शीर्षमा बजेट छुुट्याइएको छ । चालुआर्थिक वर्षको बजेट भने ४२ अर्व रहेको थियो ।