धरान: धरानको खानेपानी आयोजनामा भएको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नुपर्नेलगायत विभिन्न माग राख्दै दीर्घकालिन खानेपानी संयुक्त संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ ।

उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने क्रममा केहीबेर नाराबाजीसमेत भएको थियो । मेयर तिलक राई ज्ञापन पत्र बुझ्न ढिलाई गरेपछि उपमहागनरपालिका, मेयर राई र खानेपानी आयोजना प्रमुख राजु पोख्रेलविरुद्ध पनि नाराबाजी गर्नुपरेको संयोजक हर्क साम्पाङले बताए । ‘समयमा नै मेयर आउनु भएन, त्यसैले उहाँविरुद्ध पनि नाराबाजी गर्नुपर्यो,’उनले भने,‘हाम्रो कुनै पनि माग सम्बोधन हुने छाँटकाट देखिन ।’

khanepani-sangharsa1

संयोजक साम्पाङका अनुसार ५ बर्षअघि धारा जडान गर्ने भनेर शुल्क लिएपनि अहिलेसम्म कतिपय स्थानमा जडान गरिएको छैन भने जडान गरिएको धारामा पानी आउदैन । उपभोक्ताको घरमा अहिले एउटा धारा छ, तर संस्थान र खानेपानी बोर्डको गरि २ वटाको विल पुग्छ ।‘थुप्रै विकृति देखिएको छ । धारामा हावा मात्र आउछ । सर्दु जलाधार क्षेत्रको सिमांकन र संरक्षण भएको छैन,’उनले भने,‘प्रमुख कुरा त आइयुडिपीले खर्च कहाँ कसरी गर्यो ? विवरण मागेको ६ महिना भइसक्यो, अहिलेसम्म दिएका छैनन् ।’