विराटनगरः सिजनमा मल–बीउको अभाव झेलिरहेका मोरङका किसानले आम्दानीको स्रोत फेर्न मकै खेतीतर्फ आकर्षित भएका छन् । उस्तै लगानीमा अन्य वाली भन्दा मकैले राम्रो आम्दान दिन थालेपनि मोरङ ग्रामथानका किसान हर्षित छन् ।

अरु बेला हिउँदमा गहुँ र आलुु खेती गर्ने मोरङ ग्रामथान २ झोराहाटका जेठामान उराउ अहिले मकै खेती गर्छन् । भर्खर खेतको मकै उठाइसकेका उनि धान लगाउने तयारीमा देखिन्छन् । हिउँदे खेती लगाउँदा उचित फसलको छनोट हुन नसक्दा त्यसै श्रम खेर जान्थ्यो भने उचित लाभ हुन पाउँदैन थियो । तर, ३ वर्ष पहिले देखि गाउँका सबैले मकै खेती लगाउन थालेपनि भने अहिले उराउ जस्ता गाउँका करिव ७० परिवारको आम्दानी ह्वात्तै बढेको छ । ‘पहिलो गहुँ र आलु लगाउँथे, लगानीसमेत उठाउन धौधौ हुन्थ्यो,’ उराउले भने–‘देवानगञ्जसम्मपुुगेर मकै खेती गरेको हेरेर आएपछि शुरुकै वर्षमा ३ विगाहामा लगाएँ, पहिलो वर्ष नै अढाइ लाख जति मुनाफा भयो ।’

clickdharan (1)

मकै उठाइसकेकाे खेतमै कुरा गर्दै जेठमान उराउ

उनिजस्ता गाउँका किसान मकै खेतीतर्फ आकर्षित हुनुको खास कारण छ । २०६५ सालमा सुनसरीको कोशी गाउँपालिका तिर सप्तकोशी नदिको भंगालो सोझिएपछि उठिवास भएका केहि स्थानीय यहि गाउँमा वसोवास थालेका थिए । उनिहरुको मेहेनत र उत्पादित मकैको आम्दानीले लोभिएका गाउँलेले आफु पनि मकै खेती लगाउने सोच बनाए । अहिले यहि मकैको कारण घर राम्रोसँग चलेको छ भने वालवच्चा पढाउन सजिलो भएको छ ।
‘मकैको आम्दानीले हामी नातीनातीना पढाउन पुगेको छ । घर खर्च चलाउन सजिलो भएको छ ।’ रहेना खातुनले बताइन् । उनिजस्तै मकैको विस्कुन चलाइरहेकी मस्तना खातुनले भनिन्– ‘मेहेनत अनुसार अन्य वाली भन्दा मकै भरपर्दो आम्दानी भएको छ । ’

 clickdharan (2)

मकै सुकाउँदै रहेना खातुन

नजिकै रहेको विराटनगरका उद्योगमा मजदुरी नगरी हातमुख जोर्न गाह्रो हुने झोराहाटका स्थानीयलाई अहिले खान लगाउन समस्या छ्रैन । उत्पादित वस्तुले सहज बजार पाउँछ भने गाउँले मेहेनतीसमेत बनेका छन् । ‘पहिले काहाँ काम पाइएला भनेर भौतारिनु परेको छैन ।’ स्थानीय जनवीरलाल मुडियारी भन्छन्– ‘आफ्नै वारीमा काम गर्यो, कमायो ।’

स्थानीय जोगेन्द्र कुमार उराउ गाउँलेलाई सजिलो होस् भनेर धान–मकै छोडाउने थ्रेसर ल्याएका छन् । गाउँमा सस्तो भाउनमा थ्रेसर लगाउन सघाउँछन् भने विक्रिवितरणका लागिसहजिकरण गरिदिन्छन् । पहिले विदेश पुुगेर आएका उनि अहिलेगाउँकै कृषि कर्ममा रमाएका छन् । भन्छन् – ‘ पहिले र अहिलेमा यो गाउँका ेआर्थिक उन्नतीमा आकास जमिनको फरक भइसक्यो ।’

उन्नत जातको मलबीउका लागि अहिले पनि यहाँका किसान भारत जाने गर्छन । सरकारले बेलैमा सिँचाइसँगै बढि फल्ने राम्रो जातको बीउ उपलब्ध गराइ दिन दीपेन्द्र उराउ माग गर्छन् । ‘अहिले पनि हाम्रो समस्या भनेको बेलामा बीउ पाइदैन,’ उराउले भने– ‘सरकारले मलबीउ र सिँचाईको राम्रो प्रबन्ध गर्न सके हामी मकैबाट निकै राम्रो फाइदा लिन सक्छौँ । प्रदेश एक कृषि निर्देशनालयकी प्रवक्ता सरस्वती श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको एकिन आंकडा नआए पनि अघिल्लो आर्थिक वर्षमा भने प्रदेश एकको २ लाख ७४ हजार ५ सय ५५ हेक्टर क्षेत्रफलमा ७ लाख ७० हजार ७ सय ८५ मेट्रिकटन मकै फलेको थियो । यो आकंडा वर्षेनी बढिरहेको छ ।

vlcsnap-2020-06-14-12h38m19s263 vlcsnap-2020-06-23-08h02m29s516 vlcsnap-2020-06-23-08h02m09s634