धरान: मनसुन सक्रिया भएसँगै लगातारको बर्षाको कारण आएको बाढी, पहिरोले धेरै स्थानहरुमा धनजनको क्षति पुर्याउन थालेको छ । त्यसैले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सवैलाई आग्रह गरेको छ ।

हिजो सिन्धुपाल्चोकमा आएको बाढीले २ जनाको मृत्यु भएको थियो भने कयौं वेपत्ता भएका थिए । यस्तै, आज राती म्याग्दीमा पनि पहिरोले ७ जना वेपत्ता पारेको छ भने पोखराको विभिन्न स्थानमा ४ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मौषम पुर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण : हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

हालको मौसमको अवस्था : देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २७ गते (शनिबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २८ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २का थोरै स्थानहरुमा साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा (Heavy rain)को सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

स्रोत:मौषम पुर्वानुमान महाशाखा