धरान: धरानमा बर्षा हुन थाल्यो कि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने सडकमा बाढी आउन थाल्छ । त्यसपछि, आसपासका बासिन्दाहरुमा तनाव शुरु हुनथाल्छ ।

बाढी त खहरे खोला तिर आउनु पर्ने, तर यो बाढी पनि सामान्य भने होइन । ड्रेन भरिएर पानी सडकतिर बाढी आए झै बग्न थाल्छ । यसो हुनुको पनि कारण छ । धरानको उत्तर तिरको वडा नं १३, १६, ११ हुदै वडा १० तिर आइपुगेको बर्षाको पानी ड्रेनमा अटाउदैन । पानी ड्रेनबाट निस्केर वीपी प्रतिष्ठान जाने सडकमा बग्न थाल्छ । बाढी झैं सडकमा मानिस र सवारीसाधन गुड्छन् ।

यो बाढीले सडक पनि भत्काइदिन्छ । स्थानीय युवा दिनेश राईका अनुसार आज बिहानको पानीले पनि बाढी आएको थियो । ठुलो बर्षा हुँदा विजोग बनाउने गरेको उनले बताए । ‘सडक नै बिगारेको छ । सांसद, मेयर, उपमेयर, ओभरसियर, ईञ्जिनियर सबैलाई देखाइसकियो, कतैबाट केही साधान भएन,’उनले भने,‘नगरपालिकाले भत्केको बाटो टालटुल गरेको थियो, बाढीले १५ दिनमै भत्काइदियो ।’

भिडियो स्रोत: दिनेश चाम्लिङ राई

badi-road badiko