धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ ।

धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र सेउतीको बाढीमा साहसिक खेल पर्यटनको कायकिङका सफल परीक्षण भयो । बर्षाको समय र्याफ्टिङको लागि अफ सिजन हो, तर यही अफ सिजनलाई अप सिजन बनाउनको लागि धरानमा कायकको परीक्षण गरिएको थियो । धरानको साहसिक खेल पर्यटनका संस्थाहरु मिलेर गठन भएको एक्स्ट्रीम धरानको आयोजना र सेतु एड्भेञ्चर प्रालिको सहकार्यमा परीक्षण भएको थियो ।

kayak16

कायकिङ भने सेतु एड्भेञ्चरका सेतु सिलवालले गरेका थिए । उनले धरान १३ देवीमार्गस्थित झोलुंगे पुलबाट शुरु गरेका थिए । त्यहाँबाट धरान ११ र २० जोड्ने निर्माणाधिन पुलसम्म उनले कायकिङको सफल परीक्षण गरेका थिए । यस्तै, सेउतीमा पनि उनले खत्री धाराबाट धरान १५ को बीच देउरालीसम्म परीक्षण गरिएको थियो । ‘कायक परीक्षण सफल भयो, पछि अरु साथीहरुलाई पनि ल्याएर गराउछौं,’सिलवालले भने ।

यो समयमा खेर गइरहेको पानीलाई उपयोग गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले कायकिङ परीक्षण गरिएको एक्स्ट्रीम धरानका सचिव राम राईले बताए । पहिलो चरणमा कायकको मात्र परीक्षण गरिएको जनाउदै उनले डगी र र्याफ्टको पनि परीक्षण गर्न सकिने बताए । ‘अहिले पर्यटनको कुनै गतिविधि छैन । अहिले अफ सिजन हो, तर अफ होइन अप सिजन बनाउनुपर्छ भन्ने हो,’उनले भने,‘सिजनमा अरुण, सुनकोशी, तमोरबाट र्याफ्ट गर्न सकिन्छ । तर, एड्भेञ्चर गर्ने मान्छे त समय कुर्दैन, जति बेला पनि एड्भेञ्चर गर्न चाहन्छ ।’

kayak9

उनका अनुसार आज परीक्षण मात्र गरिएको र निरन्तरता दिन थप जनशक्ति चाहिने बताए । यसको साथै दुवै खोला किनारमा वस्ती भएकोले सिसा, टिनका पाता, फलमका टुक्राहरु पनि खोलामा फाल्ने गरिएकोले त्यसले र्याफट र कायकलाई फुटाइदिने खतरा पनि हुन्छ । ‘खोला अतिक्रमण गरेर वस्ती बढ्न नदिने र दुवै किनारमा रुखविरुवा रोपेर हरियाली बनाउनुपर्छ,’उनले भने,‘पहिरो जान र उत्खनन गर्न पनि दिनु भएन । खोला आफ्नै लय र वहावमा बग्ने हो भने ढुंगा खियाइदिन्छ, र र्याफ्टलाई असर गर्दैन ।’ झोलुंगे पुल माथि सानो ड्याम बनाएर ताल बनाउन सकियो भने जल पर्यटनको लागि प्रचुर सम्भावना भएको उनी बताउँछन् ।

kayak17 kayak18 kayak19 kayak21 kayak20 kayak23 kayak22 kayak24 kayak25 kayak26 kayak28 kayak10 kayak11 kayak12 kayak14 kayak13 kayak15 kayak30