धरानः मुलुकमा लकडाउन छ । धेरै मान्छेलाई चलमलाउन समस्या छ । तर, दुहवीका कृष्ण तिम्सिनालाई भने कुनै पनि बहानाले छुँदैन । उनी गाउँगाउँ किसानको माग पुरा गर्न लागि पर्छन् । किसानको खेतवारीमा माग अनुसार, माटो र मौसम सुहाउँदो फलफूलका विरुवा पुर्याउँछन् । किसानसँग हरियो कृषि सपनाका कुरा गर्छन् ।

८ वर्ष अघि जनकपुरमा शिक्षण पेशा गर्ने कृष्ण अरुको निर्देशनमा काम गरेर वाक्क भए । सानैदेखि कृषि पेशामा चाख राख्ने उनले नर्सरीको तालिम पाएपछि भने आँफैले केहि काम गर्ने योजना बनाए । घरैबाट थालेको पेशाले आज इटहरीमा व्यवस्थित नर्सरीको विकास भएको छ । उनको नर्सरी अरुभन्दा भिन्न छ । कारण, अरु नर्सरीमा किसान विरुवा लिन पुुग्छन् भने उनि चाहि किसानको घरघरमा विरुवा पुुर्याउन जान्छन् । त्योपनि नर्सरीकै भाउमा । ‘मजदुर,किसान कामबाट कहाँ सजिलै फुुर्सद निकाल्न सक्छन् र’ कृष्ण भन्छन् ‘नर्सरीसम्म पुुग्ने समय र खर्चको बचत हुन्छ । त्यसैले म आँफै गाउँगाउँ पुुग्नेगर्छुु ।’

kishna tisina-clickdharan (1)
आँप, कटहर, लिचि, एभोकाडो, ड्रागन फ्रुुट्स, अनार, अँगुर लगाएतका फलफूलका विरुवा धेरै किसानको रोजाइमा पर्छ । वाइकमा राखेर घरघर पुुर्याउँदा किसानले विश्वासले लिने गरेको र आफुुले विरुवाको हेरचाह लगाएतका जानेका कुरा भन्ने गरेको कृष्ण सुनाउँछन् । धरान जीरो प्वाइन्टमा विरुवा बेच्दै गर्दा शिवधारा चौक छेउमा भेला भएका जन्तरे राईले उनलाई गैरी गाउँ आउन सुुझाव दिएका थिए । ‘एकपटक विरुवा दिएपछि राम्रो भनेर पुनः बोलाउनुुहुन्छ भने आफन्तकोमा जान सुुझाउनुुहुन्छ ।’

गरीगाउँ चौकमा किसानलाई विरुवा बेचिरहेका कृष्णले गाउँगाउँ जोडिने कारण खुलाए –‘आफुुलेदिएको फलफूल फेलेपछि हाँसेर खाइदिए मलाई सन्तुुष्ट मिल्छ ।’ उनले बेच्ने विरुवा २ सय देखि ५ सयसम्मका छन् । प्रायः धेरैको रोजाइमा कागती हुने गरेको छ । बाह्रमासे गोलो कागतीले राम्रो उत्पादन दिने र यसको बजारसमेत राम्रो भएको उनको बुुझाई छ । उनले धेरै किसानलाई यहि विरुवा लगाउन सुुझाव दिन्छन् । उनि ढाँट्दैनन् । ‘अरुको तुलनामा अनार र अँगुरले त्यति राम्रो मुनाफा दिँदैन, नभएको कुरा म गर्दिन ।’

प्लास्टिको ट्रे र वाइकको लेगार्डमा झुुन्ड्याएको झोलामा विरुवा राखि विहानै निस्केका कृष्ण साँझा घर पुुग्छन् । वर्षा विरुवा लगाउने सिजन पनि भएको हुँदा उनको आँखा किसानको वारीतिर हुन्छ । सुनसरी, मोरङमा उत्तरी भेगमा रहेका गाउँगाउँ पुुग्ने उनले गाउँका किसानसँग विरुवाले नाता जोडेका छन् । बेला बेला फोनमा आइरहने किसानका जिज्ञाशालाई उनले जानेसम्मको विरुवा स्याहारको कुरा भन्दिन्छन् ।

kishna tisina-clickdharan (3)  
बीनाकाम त्यसै बस्नुुभन्दा जानेको सीपलाई उपयोग गर्दा आम्दानी हुने उनको बुुझाई छ । ‘यसरी हिँड्दा खर्च कटाएर एक हजारसम्म कमाउँछुु, अल्छि मान्नुुभएन लाज मान्नुुभएन ।’ कृष्ण भन्छन् ‘साथीभाई, आफन्तले के भन्छन् भनेर सोचे भोकै परिन्छ ।’ नयाँ नयाँ ठाउँमा किसानका मर्का बुुझ्न पाइन्छ भने उनिहरुको आम्दानीको हिस्सा हुन पाइन्छ । किसानको प्रसस्त जमिन भए पनि त्यसको उपयोगीता जानेका हुँदैनन् । त्यसैले कृष्णले माटो सुुहाउँदो  विरुवा लगाउन सुुझाव दिन्छन् । अहिले विदेशबाट आउने दाजुुभाईलाई उनको सुुझाव फलफूलका विरुवा लगाउने छ । सिजनअनुसारका फलफूल लगाउन स्वदेशी उत्पादनले नधानिरहेको बेला बाँझै रहेका जमिनमा यस्ता उपयोगी फलफूल लगाए देश र आफुुलाई फाइदा हुने उनको तर्क छ ।