धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा तीन जना पुरुष छन् । ती मध्ये २ जना तेह्रथुम जिल्लाका हुन् भने एक जना उदयपुरका हुन् । पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिउको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनीहरु २२ बर्षदेखि ७० बर्ष उमेरका छन् । डिस्चार्ज भएका तेह्रथुमका २ जना साउन ४ गते भर्ना भएका थिए भने उदयपुरका साउन २ गते भर्ना भएका थिए । प्रतिष्ठानबाट हालसम्म २ सय ७३ जना उपचार पश्चात डिस्चार्ज भएर घर गएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा प्रतिष्ठानमा थप २ जना नयाँ संक्रमित भर्ना भएका छन् । योसँगै प्रतिष्ठानमा हाल उपचाररत संक्रमितहरुको संख्या १६ रहेको छ । हालसम्म प्रतिष्ठानमा १४ हजार १ सय ३७ जनाको पिसिआर परीक्षण भइसकेको सहप्रवक्ता डा.आशिस श्रेष्ठले बताए ।