इटहरीः इटहरीमा अहिले बसेकाे काेराेना राेकथाम तथा समन्वय उच्चस्तरीय जिल्ला समितिकाे बैठकले इटहरी सरकारकाे अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

इटहरी अस्पतालमा बसेकाे बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्रमणी पाेख्रेलसहित इटहरी उपमहानगरपालिकाका मेयर, उपमेयर, जिल्ला सुरक्षानिकायका तीनै तहका प्रमुख, सम्पुर्ण वडाअध्यक्ष र स्वास्थ्यकर्मी सम्मिलित थिए । बैठकले इटहरीमा बाहिरबाट आउने विद्युतीय रिक्सालाइ राेक लगाएकाे छ भने सम्पुर्ण वडामा रहेका उच्च जाेखिमका रहेका नागरिककाे पिसिआर परीक्षण गर्ने भएकाे छ। त्यस्तै मास टेस्टलाइ तीव्रता दिन आवश्यक पर्ने ५ सय भिटिएम खरिद गर्ने निर्ण भएकाे छ भने १ सय पिपिइ मागका लागि प्रदेश १ सरकारलाइ पत्र लेखिने भएकाे छ ।

बजार क्षेत्रकाे अवस्थालाई नियन्त्रित गर्ने विहान ९ बजे देखि २ बजेसम्म मात्र बजार खाेल्न पाउने बताइएकाे छ । तर, त्यसका लागि मास्क अनिवार्य रूपमा लगाउनुुपर्ने र व्यापारीले सेटिटाइजरकाे व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने छ ।

त्यस्तै ठुला भिड हुने हाट बजार पुर्ण बन्द गर्ने निर्णय भएकाे छ । इटहरी क्षेत्र बाहिरबाट आउने तरकारीलाइ तत्काल राेक लगाउने समेत निर्ण भएकाे छ । सँक्रमित कर्मचारीकाे कन्ट्रयाक्टमा आएका व्यक्तीहरूलाइ तत्काल उच्च प्राथमकितामा राखेर स्वाव सँकलन गर्ने समेत निर्णय भएकाे छ ।