इटहरीः इटहरी उपमहानगरपालिकाका एक इन्जिनयिरमा काेराेना पाेजेटिभ देखिएकाे पुष्टि भएकाे छ ।

पछिल्लाे १० कर्मचारीकाे स्वाव सँकलन गरिएकाेमा १ जनामा काेराेना देखिएकाे उपमेयर लक्ष्मी गाैतमले क्लिक धरानलाइ जानकारी दिइन् । सँक्रमित ति इन्जिनियर स्थानीय हुन् । अब क्षेत्रमा सक्रिय रहेका छ र घरनक्सा तथा याेजनामा सक्रिय रहने उनी हिजाे मात्र मेयरकाे कार्यकक्षमा बैठकमा सहभागी भएका थिए । उनलाइ कहाँबाट कसरी सर्याे भन्ने बारे एकीन हुन सकेकाे छैन । नगरपालिकाकाले कन्ट्याक हिस्ट्रि लिने काम गरिरहेकाे जानकारी दिएकाे छ ।

उप मेयर गाैतमकाअनुसार इटहरी नगर क्षेत्रमा उत्पन्न पछिल्लाे समस्यालाइ कसरी निराकरण गर्ने भन्ने बारे जिल्लाका प्रतिनिधि राखेर बैठक बस्ने तयारी भइरहेकाे छ । अब हामी कुन माेडेलमा जाने भन्ने बारे टुँगाेमा पुग्न बैठक बस्नुपर्ने देखियाे ।  उनले भनिन् कर्मचारी नै एन्फेक्टेड देखिएपछि हामीले नगरकाे सेवा बन्द गरेर नगर क्षेत्रलाइ सुरक्षित राख्नुपर्ने देखिन्छ । केहि दिन अघि मात्र इलाका प्रहरी कार्यालयका एक थुनुवामा काेनाेना पाेजेटिभ देखिएकाे थियाे ।