धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी ।

राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ हजार रुपैयाँ थियो । सम्झना किन पनि छ भने नजिकको कालिखोलाबाट पिउने पानी ल्याउन जनश्रमदान जुुटाउनु थियो । हुनेले पैसा दिन्थे । नहुनेले काम गर्नुुपथ्र्यो । त्यो बेलाको तत्कालिन आवश्यता सुनाउँदै राईले भने–‘बाटोका कारण दिउँसै धरान पुुगेर आउन समस्या थियो । मट्टितेल बालेर रात कटाउने हाम्रा लागि विजुली भन्दा पानीको आवश्यकता ठुलो थियो ।’

chinde dada-dharan-clickdharan 2

स्थानीय जगत राइ

बल्लतल्ल पानीको जोहो गरेका स्थानीयले त्यसको ठिक ५ वर्ष पछि मात्र विलुजीको उज्यालोमा रमाउन पाए । कृषि पेशामार्फत जीवन निर्वाह गरिरहेका गाउँलेका लागि त्यो जीवनको ठुलो खुसी थियो ।

समय बित्दै गयो । गाउँमा कृषि सडकका लागि ‘ट्रयाक’ खोलियो । शहरमा गुड्ने गाडी गाउँमा देखिन थाले । सडकको विकास भएसँगै गाउँमा नयाँनयाँ मान्छेहरु दौडिदै आउन थाले । लाहुरेको परिचय पाएको धरानले गोर्खाभर्तीका लागि पूर्वतयारी गर्न धरान आसपासमा डाँडातर्फ दौडान्छ । धरानको नजिकको दुरी भएको हुँदा चिन्डेडाडा आसापास युवाहरुको रोजाईको केन्द्र हुन थाल्यो ।

 धरानबाट करिव ५ किलोमिटरको दुरीमा रहेको समुुन्द्री सतहभन्दा ७ सय ७५ मिटर उचाइको यस ठाउँबाट धरानको मनोरम सौन्दर्य देख्न सकिन्छ । चैत महिनादेखि शुरु भएको लकडाउनले शहरठप्पै भयो । तर, यो गाउँमा पुग्नेहरुको सँख्या भने बढिरह्यो । सरकारले लकडाउन खोलेको अन्तिम दिन चिन्डेडाँडा पुग्नेको सँख्या ठुलो थियो । धरान नजिकमा धेरै ‘टेकिङ रुट’ हरु भएपछि धेरैको रोजाईमा परेको चिन्डेडाँडा टे«कमा भने लोभिने बढि छन् । ‘यहाँ आउने मुख्य कारण नै राम्रो ‘भ्यू प्वाइन्ट’ हो ।’ धरानका सरोज मेन्याङवोले भने ‘मौसम सफा रहेको बेला धरानको पुरा दृष्य देखिन्छ भने तरहरा र इटहरीको दृष्यसमेत देख्न सकिन्छ ।’

chinde dada-dharan-clickdharan 5

धरानका सराेज मेन्याङ्वाे उनका साथीहरूसँग

धरान स्थायी घर घएका उमेश भण्डारी हिँड्नमा सौखिन छन् । बन्दाबन्दीका बेला धरान आसापासमा प्रायः सबै रुट हिडिसकेका भण्डारीले धरानदेखि चिन्डेडाँडाको ट्रेकलाई ‘सर्ट ट्रेक वीथ फन’ भन्न रुचाउँछन् । ‘थोरै समय हुने र घुम्न रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो’ उनले भने– ‘एक घण्टाको सिधा उकालो हिँडेपछि पुगिने गाउँले परिवेश र देखिने शहरको दृष्यले जो कोहिको मन लोभ्याउँछ ।’

chinde dada-dharan-clickdharan 3

धरानका स्थानीय उमेश भण्डारी

यसरी साँझ–विहान हुलकाहुल पर्यटक गाउँ छिर्न थालेपछि अहिले पाहुनाको मागलाई धान्न गाउँलेलाई हम्मेहम्मे परेको छ । ‘दुःख गरेर उब्जनी गरेको अन्न र तयार पारेको लोकल रक्सि बेच्न धरान झथ्र्यौं ।’ जगत भन्छन् ‘पहिले सर (उमेश भण्डारी) कोमा दुध पुर्याउन गइन्थ्यो । अहिले जे फलाए पनि धरान लग्नुुपर्दैन ।’ अहिले राईले आफ्नो पुरानो घर अघिल्लतिर रोडमा जोडाएर पक्कि घर बनाएका छन् । पहिले सिजनमो कृषि काम गरेर फुुर्सद हुने उनी अहिले विहानदेखि साँझसम्म पर्यटकको सेवामा खटिन्छन् । उनलाई घरका सदस्यले सहयोग गर्छन् ।

chinde dada-dharan-clickdharan 4

चिन्डेडाडा पुगेर धरान झरिरहेका युवा

विहान बेलुका हिँडडुल गर्नमात्र होइन, बिदा मनाउन समेत यस ठाउँमा आउनेको चाप बाक्लिन थालेको छ । धरानका प्याराग्लाइडिङ व्यवसायीले चिन्डेडाँडाबाट प्याराग्लाइडको ‘टकअफ’ का लागि उचित स्थान पहिल्याएपछि सहज उडान हुन हुने गरेको छ । (अहिले कोशी करिडोरको विद्युत प्रशारण लाइन विस्तार भएपछि यस ठाउँबाट हुँदै आएको प्याराग्लाइडिङ उडान प्रभावित हुने देखिएको छ ।

chinde dada-dharan-clickdharan 7

चिन्डेडाडा अासपासका स्थानीयकाे घर, जहाँ अहिले सामान्य पसलदेखि हाेटलसम्म खुलेका छन्

सरकारले समेत अग्लो डाँडामा थप ‘भ्यू टावर’ को योजना अघि बढाएर निर्माण कार्य बढाएपछि गाउँमा पर्यटन क्षेत्रमा लगानी गर्ने व्यवसायीको आगमन बढेको छ । साना ठुला होटल खुल्न थालेका छन् भने ठुलो लगानीका रेस्टुरेन्ट/रिसोर्ट आउने तयारीमा छन् ।पर्यटन पूर्वाधारको निर्माण गरिरहेकी व्यवसायी एलिना मागर भन्छिन् ‘भोलीको भविष्य एकदमै राम्रो देखेर नै हामीले साइक्लिङ साहसिक खेलको रुपमा रहेको जीपलाइनको सँरचना निर्माण  गरिरहेका छौँ ।’

कृषि पर्यटनलाई जोड्न होमस्टे र फार्म स्टेको निर्माण गर्न लागि परेका व्यवसायीले शहर र गाउँको जीवन जोड्ने सेतुको विकास गरिरहेका हुन् । जसले गर्दा शहरका व्यक्ति स्वस्थ, फुर्तिलो बन्न र रमाउन गाउँ आइरहेका छन् भने करिब १ सय परिवार भएका स्थानीयले आम्दानीको राम्रो स्रोत भेट्टाएका छन् ।

chinde dada-clickdharan-night click

चिन्डेडाँडाबाट देखिएकाे धरानकाे रात्रिकालिन दृष्य