धरान: मेडिकलले औषधीमा ठगी गरेको बिषयमा सुरक्षा गार्डहरुको पनि मिलेमतो भएको आरोपप्रति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुरक्षा गार्डहरुको संगठन र सेक्युरिटी कम्पनीले औषधी व्यवसायी संघको धरान ईकाईमा छानबिनको लागि निवेदन दिएको छ ।

प्रतिष्ठानको सुरक्षा जिम्मा पाएको कम्पनी भिआइपी सेक्युरिटी सर्भिसेज प्रालि र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन इकाई कमिटीले संघमा निवेदन दिएको हो । संघका धरान ईकाई अध्यक्ष मचिन लिम्बुले निवेदन आएको बिषयमा छलफल भइरहेको बताए । 'निवेदन आएको छ, के गर्ने भनेर छलफल भइरहेको छ,'उनले भने । 

प्रालि र संठगनले औषधी व्यवसायी संघका जिल्ला सचिव पंकज झाले केही सुरक्षा गार्डहरुले मिलेमतोमा मेडिकलहरुले ठगी गरिरहेको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिप्रति आपत्ति जनाउदै प्रालिले सत्य तथ्य छानबिन गरि दोषीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न अनुरोध गरेको छ । प्रालिले औषधी ठगी गर्नेसँग मिलेमतो गर्ने सुरक्षा गार्डको नाम उल्लेख नगरी सुरक्षा सर्भिसको मर्यादामा आघात पुगेको पनि उल्लेख गरेको छ ।

यस्तै, सुरक्षा गार्डहरुको संगठनले पनि मिलेमतो गर्ने गार्डहरुको नाम उल्लेख नगरेकोमा आपत्ति जनाउदै औषधीको ठगी गर्ने व्यक्तिसँग मिलेमतो गर्ने गार्ड प्रमाणित भए संगठनले कम्पनीलाई कारबाही गर्न सिफारिश गर्ने पनि जनाएको छ । प्रमाणित हुन नसके झालाई कारबाहीको माग संगठनले गरेको छ । यस्तै, मिथिला मेडिकलका सञ्चालक सञ्जकुमार यादवले पनि घटनाबारेमा छालफल गर्न संघको इकाई कमिटिलाई निवेदन दिएका छन् ।

'निवेदन दिएकोमा खुशी छँ, सत्य बाहिर आउनुपर्छ'

युनिक फार्मेसीका सञ्चालकसमेत रहेका संघका जिल्ला सचिव पंकज झाले भने निवेदन दिएकोमा सकरात्मक प्रतिक्रिया दिदै सही र झुटो प्रष्ट हुने बताए । ‘निवेदन दिएकोमा खुशी छुँ, सही छानबिन हुनुपर्छ । सही के हो भन्ने प्रष्ट हुन्छ,’उनले भने,‘म डराएको छैन ।’

सप्तरीको राजगढ गाउँपालिकका शम्भुकुमार साहकी पत्नीको प्रतिष्ठानको गाइनो विभागमा नर्मल डेलिभरी भएको थियो । करिब ४ घण्टाको समयमा नै औषधी वापतको बिल मिथिला मेडिकल हलले २१ हजार बढी निकालेपछि पीडित साह औषधी व्यवसायी संघका पदाधिकारीलाई गुहार्न पुगेका थिए । सोही बिषयमा हिजो छलफल भएर तिर्न बाँकी रहेको ११ हजार मेडिकलले रुपैया मिनाहा गरेको थियो ।

nibedan nibedan1 nibedan3 nibedan2