विराटनगरः मोरङका किसानले सिजन सकिदासमेत धानमा लगाउने मल नपाइएको गुनासो गरेका छन् ।
जिल्लाका विभिन्न सहकारीमार्फत वितरण भइरहेको युरिया मल अहिले हाहाकार भएको छ । सरकार पक्षले मलको सहि वितरण गरिरहेको दाबी गरेपनि किसान भने सहकारी पुगेर रित्तै फर्किन बाध्य भएका छन् विराटनगर इक्राइका किसान वासुर आलमले मल नपाउँदा दिनदिनै सहकारी धाउनुपरेको गुनासो पोखे । उनले प्रशासनको बन्द छिचोल्दै मल लिने ठाउँसम्म आइपुग्न समस्या भएको भन्दै सरकारी सहजै मल दिने व्यवस्था गर्न नसक्दा दुुःख पाएको बताए ।
त्यस्तै ग्रामथान ४ का किसान पन्नलाल विश्वासले हरेक वर्ष उस्तै अभाव झेल्नुुपरेको भन्दै सरकारको लाचारीपन रहेको प्रतिक्रिया दिए । उनीहरुले अरु बेला आवश्यक परेको मल भन्सारछलीबाट आएको महँगो मल हाल्न बाध्य भएपनि यो पटक नाका टाइट हुँदा त्यो पनि नआएको उनीहरुको भनाई छ । ‘मुलुक कृषिप्रधान भएपनि समयमा मलबीउ नपाउे पुरानै रोगले पो पटक पनि गाँजिरह्यो ।’ विश्वासले भने ‘आफुलाई पायक पर्ने कृषि डिलरमा जाँदा कुपनको भरमा सीमित कोटामा मात्र बाँडिने मलले पर्याप्त भएन र रित्तै फर्किनुपर्यो ।’ उनले दुइ दिन लाइन बस्दा मात्र आफुले ३ विगाहा धानखेतीका लागि आवश्यक मल पाएको जानकारी दिए ।
यता कम्पनीका आधिकारीक डिलरलाई पर्याप्त मल दिन आफुुसँग प्रशस्त मल नआएको साल्ड ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनले समयमा मलको माग गरिएपनि खरिदकर्ताले सिजनमा मल ल्याउन नसक्दा भदौ ७ गतेदेखि मात्र मल वितरण हुन थालेको उनको भनाई छ । सँस्थाबाट मल लग्दा पहिले बैँकमा तोकिएको मुल्य डिपोजिट गरेर भर्पाइ बुुझाएपछि मात्र सोहि मुुल्यमा मल पाइन्छ । बाहिर डिलरमा किने ढुवानी जोडेर महँगो पर्छ । तर, अहिले लकडाउनले बैँक समयमा नचल्दा किसान डिलर नै जान बाध्य छन् ।
चौधरीले प्रदेश १ का मोरङ, सुनसरी, धनकुुटा, तेह्रथुम, सँखुुवासभा र भोजपुरका २ सय ६४ डिलरमार्फत किसानलाई मल वितरण भइरहेको बताए । तर, यो बेला अधिकाँश डिलरबाट मलको माग भएको छैन । मलको माग भएका डिलरलाई प्रति डिलर १ सय बोराका दरले मल पठाइरहेको उनको भनाई छ । चौधरीले ५ लाख ६सय मेट्रिकटन मल आउनुपर्ने भएपनि बुुधवारसम्म ८ सय ६४ मेट्रिक टन मात्र युरिया विराटनगर आइसकेको जानकारी दिए । सँस्थाले हाल ५० केजिको यूरियालाई प्रतिबोरा ७ र डिएपी २ हजार १ सय ५० मुल्यमा बेच्दै आएको छ । सहकारीहरुले लगेर बेच्ना यसमा सामान्य ढुवानी खर्च बाहेक मुल्य बढाएर बेच्न पाइने छैन ।
मलबीउ उपलब्ध गराउने अर्को सरकारीसँस्था कृषि सामाग्री कम्पनी लिमिटेडले भने आफुसँग युरियाको मौजात नभएको जानकारी दिएको छ । लिमिटेडका विराटनगर प्रमुुख नवरत्न गौतमले आफ्ना १ सय ७० डिलरमार्फत किसान समक्ष मल पुुग्ने गरेपनि यूरिया जेठ मै रित्तिएको बताए । उनले हाल पोटास र डिएपी मात्र भएको तर, यो बेला किसानलाई युरियाको मात्र आवश्यता परेको बताए ।
कम्पनीले झापा, इलाम, सुनसरी, सिराह र उदयपुरमा कार्यालय नै स्थापना गरि किसानलाई मल उपलब्ध गराउँद आएको थियो । तर, कोराना महामारीले गर्दा अधिकाँश कार्यालय बन्द रहेको गौतमले जानकारी दिए । प्रदेश १ को करिब ३ लाख ४० हजार हेक्टर क्षेत्रमा खेती गरिने सरकारी आँकडा रहेको छ ।