झापा: बिर्तामोड ७ झापामा एक नाबालक मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय राजु मर्डीको दुई बर्षीय छोरा जीवन मर्डी आज बिहान मृत अवस्थामा फेला परेका हुन् । हिजो राती ९ बजे मृतक नाबालक घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोही स्थानमा रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा मृत अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएको अस्थाई प्रहरी चौकी गरामनीले जानकारी दिएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली खटिएर कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।