जिल्लाको सदरमुकाम भएर पनि धेरै वालवालिका शिक्षाको उज्यालो घामबाट वञ्चित रहेका छन् । तिनिहरु मध्ये किशोरी बढि समस्यामा पर्ने गरेका छन् ।

विद्यालय शिक्षाको क्रमभंगता पछि अभिभावकले चाँडो विवाह गर्ने परिपाटीले किशोरीको जीवनमा निकै ठुलो समस्या उत्पन्न हुने गरेको छ । आजको विज्ञान प्रविधिको युगमा पनि छोरीलाई शिक्षा दिए खर्च हुने हाम्रो सोच परम्परागत रुढीग्रस्त चिन्तनबाट गाइडेड छ । यसलाई चिर्न व्यापक जनचेतनाको खाँचो छ ।तर, त्यो चेतना बाहिरका मान्छेले दिएर अब काम छैन । इनरुवाकै हकमा कुरा गर्दा यहाँ स्थानीय सरकार आउनुपूर्व नै यस्ता धेरै कार्यक्रम सँचालनमा आए । जिल्ला सदरमुकाम भएको हिसाबले यस भेगका कुनै पनि बालबालिका विद्यालय जानबाट रोकिनु हुँदैन थियो ।

तर, आजको स्थिति बेग्लै छ । यहाँ धेरै बालबालिका विद्यालय जाँदैनन् । र, तिनका अभिभावकले पनि विद्यालय पठाउनु त्यति जरुरी ठान्दैनन् । न्यून आय भएका परिवारमा सन्तान बढ्नै बित्तिकै कुनै न कुनै आयमा लगाइ हाल्छन् भने कि घर रुंघ्न लगाउँछन् । उनीहरुको विद्यालय शिक्षाको चेन टुटेपछि फेरि जोडिन कठिन हुन्छ । प्रायः किशोरीहरुले छुटेको पढाइलाई निरन्तरता दिन गाह्रो भएको देखिन्छ । जसको कारण वालविवाहका घटना बढिरहेका छन् ।

न्यायिक समितिको नेतृत्व गर्ने हुनाले मलाइ यस्ता धेरै मुद्धा हुर्नेपर्ने दायित्व छ । मेरो आजसम्मको अनुुभवले के भन्छ भने अब यो समाजका विभिन्न किसिमका विकृतीसँग कुुनै कुनै रुपमा शिक्षासँग साइनो छ । शिक्षाले समाजिक विकृती विरुद्ध लड्ने शक्ति दिन्छ । यसका लागि पहिले हामीले सामाजिक विकृतीविरुद्ध लड्ने योद्धा तयार पार्नुुपर्छ । त्यसका लागि विद्यालय शिक्षा छुटेका बालबालिकालाई अतिरिक्त शिक्षाको अनिवार्य आवश्यता रहेको छ । हाम्रो नगरभित्र कुनै पनि बालवालिका शिक्षाको उज्यालोबाट वञ्चित नहुनका लागि मैले आफ्नो ठाउँबाट सक्ने प्रयत्न थालेको छु । यसमा साझेदारी दातृ निकायले यो जटिल समस्या समाधानका लागि हातेमालो गर्न आव्हान पनि गर्छु ।

किशोरीलाई कम्तिामा प्लस टू सम्म अनिवार्य पढाउनुपर्छ भने त्यसका अतिरिक्त प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्छ । पढाइ सकेलगत्तै उसले कुनै न कुनै आयमा जोडिन सक्नुपर्दछ । आर्थिक गर्दो टार्न आफु सक्षम भए कसैको विभेद र हिँसाको सिकार हुन पर्दैन ।

आधा पढाइले मेरो जीवन सार्थक छैन भन्ने शिक्षा चाहिएको छ । टोलटोलमा पुुगेर सरकार र दातृ निकायले चेतना बाँड्ने कहिलेसम्म ? त्यसैले समाज परिवर्तनका लागि सोहि समाजका नयाँ पुस्ता चेतनाको सँवाहक बन्नुको विकल्प पनि त छैन । तसर्थ, सामाजिक नेतृत्वमा जान महिलाहरुको जुन तँछाड मँछाडको अवस्था छ, यसलाई सार्थक बनाउन विभिन्न बहानामा शिक्षाबाट वञ्चित भएका किशोरीलाई शिक्षित बनाउँदै समाजको नेतृत्व तहमा पुुयाउन सकिए सँविधानको मर्मपनि पुरा हुन्थ्यो । यसका लागि एक्लैले सम्भव छैन ।

आफु सक्षम नहुँदा चाँडो विवाह हुने र परिवारमा एडजस्ट हुन नसक्दा चरम हिँसाको मारमा परेका कलिला बालिकाको अवस्था देख्दा अत्यन्त पीडा हुन्छ । अभिभावकहरु शिक्षाको मुलधारमा आउन नसक्दा समस्या जटिल बन्दै गएको देखिन्छ । फेरि आफ्ना सन्तानलाई पढाइ अनिवार्य नगरिदिँदा पुस्तौनी समस्या बल्झि रहने खतरा छ । यो समस्यालाई चिर्न हामी स्थानीय सरकारले सबै पक्षको सहयोगको याचना गरेका छौँ । अब हाम्रो नेतृत्वको समय धेरै छैन । यसलाई अधिकतम उपयोग गर्दै शिक्षाको मुलधारबाट वञ्चित भएका बालिबालिकाको उज्यालो भविष्यका लागि विशेष काम गर्ने प्रण लिएका छौँ ।

(इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोख्रेलसँग क्लिक धरानले  कुराकानीका आधारमा तयार पारिएको सामाग्री ।)