धरानः धनकुुटाको चाैविसे गाउँपालिकाले किविलाई मुुख्य नगदे वालिकाको रुपमा विकास गर्ने योजना थालेको छ । उच्च पहाडी भेगमा हुने किवीले राम्रो आम्दानी दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन् भने स्थानीय सरकारले किसानको दीगो आर्थिक स्रोत हुने बुुझेरै विरुवा र प्राविधिक ज्ञान दिन थालेको छ ।
गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले पालिका भित्र नब्बे प्रतिशत कृषि पेशामा आवद्ध रहेका सर्वसाधारण लक्षित कृषि कार्यक्रम अन्तर्गत किविलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
‘कम लगानीमा बढि मुनाफा लिन सक्ने उत्पादनलाई हामीले छनौट गर्दा किवि फल सबैको रोजाइमा परेको देखियो ।’ राईले भने ‘रोपेको ३ वर्षपछि हरेक साल निरन्तर आम्दानी बढ्ने यो फललाई नै हामीले सहुलियतमा विरुवा र निशुल्क प्राविधिक ज्ञान दिन थालेका छौँ ।’ उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ५ हजार किविका विरुवा किसानलाई सहुलियतमा वितरण गरिएका छ भने अहिले १४ हजार उन्नत जातका विरुवा वितरण गर्ने तयारी रहेको छ ।
बोटबाटै कम्तिमा एक सय रुपैया केजीमा किवि विक्रि हुन थालेपछि किसान उत्सहित भएको राईले बताए ।
बारीको उत्पादनलाई उद्योगसम्म जोड्न गाउँपालिका भित्रै स्थापना भएकोमाउण्ट एभेरेष्ट वाइन उद्योगसँग पालिकाले समन्वय गरिदिएको छ । अघिल्लो साल ३० रुपैयाँ केजीमा विक्रि भएको किविलाई उद्योगले वारीमै पुुगेर तीन गुुणा बढी मुल्य दिएपछि किसानका बारीमा विकिका बोट बढ्न थालेको अध्यक्ष राईले जानकारी दिए ।
‘उपयुक्त हावापानी र माटोले गर्दा यस भेगमा हामीले किविलाई प्राथमिकतामा राखेका छौँ । कछाड र वेसी भेगमा भने सुन्तला, जुनार, कागती, भुुइँकटहर लगाएतका फलफूललाई प्राथमकितामा राख्दै किसानलाई सहुलियतमा वेर्ना वितरण गर्दै आएका छौँ ।’ उनले भने । पालिका भित्रका करिव १ सय किसानले किविको व्यवसायीक उत्पादन शुरु गरेका छन् । किसानलाई हरेक साल विरुवा बृद्धि गर्दै उत्पादन बढाउन केहि न केहि नयाँ कार्यक्रम ल्याइरहने पालिकाको योजना रहेको छ ।