धरान: उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

धरान १७ की ६२ बर्षीया वृद्धाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार मृतकलाई मृगौला रोगको समस्या रहेको थियो ।

मृतकलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्थामा थप समस्या भएपछि उनलाई शुक्रबार कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । मृतकको शवलाई नियम अनुसार व्यवस्थापनको तयारी गरिएको पनि प्रतिष्ठानले जनाएको छ ।