धरान : शनिबार राती धरान १६ स्थित रंगशालामा सम्पन्न प्रथम धरान अर्न्तराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ को सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी रेखा पौडेल घोषित भइन् ।
फाइनलमा चिरप्रतिद्धन्दी टिम एपिएफ क्लब काठमाण्डौंमा २-० गोलअन्तरले पुलिस पराजित हुदै उपाधिबाट बञ्चित रहेपनि खेलाडी पौडेल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले पुरस्कार वापत इभी स्कुटर पाइन् ।
यसबाहेक उनी प्रतियोगिताकै सर्वाधिक गोल गर्ने खेलाडी (हाइ स्कोरर) को पनि पुरस्कार हात पारिन् । उनले प्रतियोगितामा डबल ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् । पुरस्कार वापत उनले ट्रफी र नगद १५ हजार हात पारिन् ।

यस्तै, प्रतियोगिताको बेष्ट गोलकिपर एपिएफकी अञ्जिला तुम्बापो सुब्बा घोषित भइन् भने बेष्ट डिफेन्डर नेपाल पुलिसकी पुजा राना, बेष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, बेष्ट फरवर्ड एफिएफकै पुर्णिमा राई घोषित भइन् । यस्तै, बेष्ट कोच पनि एपिएफका विजेशकुमार पाण्डे घोषित हुदा फाइनल खेलको म्यान अफ दि म्याच एफिएफकी रश्मीकुमारी घिसिङ घोषित भइन् । व्यक्तिगत विधातर्फको पुरस्कार वापत कोच र खेलाडीहरुले नगद १५ हजारसहित ट्रफी पाए भने म्यान अफ दि म्याचले नगद १० हजार थापिन् ।








प्रतिक्रिया दिनुहोस्