धरानः लामो अन्यौलतालाई चिर्दै आजदेखि धरानका निजी विद्यालयहरु खुलेको छ ।

धरान उपमहागनरपालिकाले न्युनतम मापदण्ड पुरा गरेका विद्यालयहरु खोल्ने निर्णय गरेपछि आजदेखि विद्यालयहरु खुलेको हो । धरानका निजी विद्यालयहरुले यसअघि आइतबारदेखि नै विद्यालय सञ्चालन गर्ने तयारी गरेका थिए । तर, मेयर तिलक राईले निर्णय गर्न ४ दिनको समय मागेपछि उनीहरुले पनि उपमहानगरको निर्णय पर्खेर बसेका थिए । हिजो सरोकारवालाहरुसँगको छलफल पछि मापदण्ड तयार गर्दै तथा स्वास्थ्य प्रोटोकल पुरा गरेर स्कुल खोल्ने मेयरस्तरीय निर्णय भएको थियो ।

निजी विद्यालयहरुको एरिया कोअर्डिनेटर कमिटि(एसिसि) धरानका संयोजक राजेन्द्र गुरुङले आजदेखि अधिकांश विद्यालय सञ्चालन भएको बताए । उनका अनुसार धरानका ७० प्रतिशत निजी विद्यालय खुलेको छ । बाँकी विद्यालयहरुले प्रोटोकल पुरा गरेर आइतबारदेखि सञ्चालन गर्ने उनले बताए । ‘तयारी पुरा भएका स्कुलहरु आजैदेखि शुरु भइसकेको छ, बाँकी आइतबारदेखि शुरु हुन्छ,’उनले भने ।

school-khulyo6

निजी विद्यालयहरुले मावि तहको ८,९ र १० कक्षामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पढाई शुरु गरेका छन् । यस्तै, आधारभुत तहका विद्यालयहरु कक्षा ८ सम्म भएकाले कक्षा ७ र ८ को पढाई शुरु गरेका छन् भने कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गरेको जनाएका छन् ।

सरकारी विद्यालयहरुले पनि आइतबारदेखि पढाई शुरु गर्ने तयारीमा छन् । धरान १२ स्थित पब्लिक माविका प्रअ इन्द्रमोहन झाका अनुसार आज मिक्लाजुंगका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको शोक विदा दिइएकोले आइतबारदेखि पढाई शुरु गर्ने बताए । ‘स्थानीय सरकारले स्कुल खुलाउने निर्णय गरिसकेकोले प्रोटोकल पालना गर्दै आइतबारदेखि सामुदायिक विद्यालयहरु पनि खुल्छन्,’उनले भने । तस्बिरहरु: विकास चाम्लिङ राईschool-khulyo1 school-khulyo2 school-khulyo school-khulyo3 school-khulyo5