धरान: प्रदेश नं १ को मन्त्रीपरिषद बैठकले प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगमी माग ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

आज बिहान साढे ८ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले प्रदेशसभाको सातौं तथा हिउँदो अधिवेशन माघ ७ गते दिउँसो २ बजेदेखि शुरु गर्ने गरि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक ममिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश यातायात नियमावली २०७७ पनि स्वीकृत गरेर लागु गर्ने निर्णय गरेको छ ।