धरान: धरान शहर बोलको गीतका स्रष्टाहरुलाई बुधबार सम्मान गरिएको छ ।
धरान सरोकार समाज काठमाण्डौंले गीतका स्रष्टाहरुलाई सम्मान गरेको हो । गीत रेकर्ड गरि म्युजिक भिडियो समेत तयार गरेर धरानको प्रचार एवं पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण योगादन पुर्याएको भन्दै सम्मान गरिएको हो । गीतकार भ्युजिक भिडियोमा धरान तथा आसपासका पर्यटकीय तथा धार्मिक स्थलहरुलाई समेटिएको छ ।
धरानको युबेरी रेस्टुरेन्टमा आयोतिज कार्यक्रममा गीतका रचनाकार हर्क चुम्मे, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई सम्मान गरिएको थियो । स्रष्टाहरुलाई धरान सरोकार समाजकाअध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, अतिथिहरु आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं १ का सह संयोजक बासुदेब बराल, सुनसरी उधोग बाणिज्य संघका सदस्य तथा पर्यटन व्यवसायी एलिना मगर, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ र समाजसेवी कृष्णप्रसाद श्रेष्ठले सम्मान पत्र र खादा लगाएर सम्मान गरेका थिए ।
अतिथि बरालले धरानको पर्यटन प्रवद्धनमा यस गीतले उल्लेखनिय भूमिका खेल्ने बताए । साथै,अंग्रेजी सब टाइटल पनि गीतको भिडियोमा राख्न उनले सुझाव दिए । नेपालमा पर्यटनको आन्तरिक पुनरुत्थान गर्ने प्रयास भइरहेको भन्दै वरालले अब विदेशी भन्दा पनि नेपाली पर्यटकहरुले नै पर्यटन बजार धान्नुपर्ने पनि बताए । सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले धरान र यस वरपरका प्रमुख स्थलहरु समेटेर उत्कृष्ट सृजना बनेको बताए । साथै उनले धरानको सकरात्मक प्रचार गर्ने, भिडियो हेरेपछि पर्यटकहरु धरान घुम्न आउने उनले अपेक्षा व्यक्त गरे ।