धरान: नेकपाको प्रचण्ड-माधव समुहले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ ।
उक्त समुहले हिजो बिहान ९ बजे संसदीय दलको बैठक बसेर दलको नेतबाट राईलाई हटाएको र भीमप्रसाद आचार्यलाई नेता बनाउने निर्णय गरेको प्रदेशसभा सचिवालयमा जनकारी गराएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आज बिहान साढे १० बजे दलका उपनेता टंक आङबुहाङको हस्ताक्षर भएको पत्र सचिवालयमा आएको थियो । ‘पुष १५ गते बिहान ९ बजे संसदीय दलको बैठक बसेर बहुमत सदस्यले शेरधन राईलाई नेताबाट हटाउने र भीमप्रसाद आचार्यलाई बनाउने निर्णय गरेको व्यवहोर पत्रमा छ,’क्लिकधरानसँग फोन सम्पर्कमा सचिव पराजुलीले भने ।
मन्त्रीपरिषदको सिफारिशको आधारमा प्रदेशसभाको बैठक प्रदेश प्रमुखले माघ ७ गते आह्वान गरिसकेका छन् । उक्त बैठकअघि नै नेकपा संसदीय दलको नेता को हुन् भन्ने छिनोफानो हुनुपर्ने हुन्छ । नेकपामा विभाजन आएसँगै प्रदेश नं १ मा पनि प्रधानमन्त्री ओली समुहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-माधव समुहका ३७ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ती मध्ये सांसद कला घले ओली समुहमा लागेकी छिन् ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित