धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले मुख्यमन्त्री राईविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव गरिएको प्रदेशसभा सदस्य उमिता बराइलीले जानकारी दिइन् । उनका अनुसार अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेका छ । ‘अन्तिम समयमा एक जना माननीयले हस्ताक्षर गर्नु भएर ३७ पुग्यो,’उनले भनिन् ।

मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीकोरुपमा भीम आचार्यलाई प्रसताव गरिएको पनि सांसद वराइलीले जानकारी दिइन् । ‘प्रसतावमा मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्तवा गरिएको छ,’उनले भनिन् ।