धरान: धरान सहर स्थापनाको स्मृतिमा हरेक बर्ष पुष २० गते धरान डे मनाइने गरिएको छ । यसपाली कोभिड १९ को कारण उपमहानगरपालिकाले गत बर्षजस्तो भव्य कार्यक्रम आयोजना नगरे पनि वडाहरुले विभिन्न कार्यक्रम गरि मनाउदैछ ।

धरान डे को अवसरमा वडा नं २ र ३ ले निर्माणाधिन माछाभौडी पार्कमा कविता वाचन तथा चित्रकला कार्यशाला आयोजना गर्दैछ । पार्कमा डबलीको अवधारणा पनि बनाइएको छ । सोही डबलीमा बिहान ११ बजेदेखि कार्यक्रम शुरु हुनेछ । चित्रकला कार्यशालामा झापा, मोरंग, धनकुटा र सुनसरीका कलाकारहरुले क्यानभासमा चित्र उतार्नेछन् । त्यसपछि ती चित्रहरुलाई त्यही प्रर्दशन गरिने स्थानीयबासी एवं कवि सुदिप पाख्रिनले जानकारी दिए । चित्रकला कार्यशाला हुन्छ, र प्रर्दशनी पनि यही गछौं । झण्डै डेढ दर्जन कलाकारहरु आउनुहुनेछ, उनले भने ।

dharan-d2

कार्यक्रममा तीन पुष्ताका कवि एवं साहित्यकारहरुको पनि जमघट हुनेछ । कवि पाख्रिनका अनुसार खोटांगबाट आइपुगेका वरिष्ठ कवि जसराज किराती, वम देवान र कुन्ता शर्माको रोहबरमा युवा तथा नवोदित कविहरुले पनि आफ्नो रचना वाचन गर्नेछन् । कविता वाचनको लागि हेमन यात्री, देवान किराती, सन्तोष थेवेलगायत २ दर्जन बढी स्रष्टाहरु भेला हुनेछन् ।

खहरेमा सरसफाई

dharand3

धरान डे को अवसरमा आज बिहान खहरे खोलामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सेवक अभियान पनि सहभागीता जनाएको थियो । सेवक अभियानका अध्यक्ष राजिव हलवाईका अनुसार उपमहानगरपालिकासँगैको खहरे खोलामा सरसफाई गरिएको थियो । dharand4 सरसफाई कार्यक्रममा उपप्रमुख मञ्जु भण्डारी सुवेदी प्रमुख अतिथिकोरुपमा उपस्थिति रहेको थियो ।