धरान: धरान १२ चतरलाइनस्थित मेघा कलेजले कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आज शनिवार कलेजले आप्mनै प्रागणमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । मेघा कलेजले धरान उपमहानगरपालिका भित्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरुलाई टिका, खदा र उपहार प्रदान गरेर सम्मान गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहनको लागि बधाई तथा सम्मान गरिएको हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी दिए ।

megha1

सम्मानित हुने विद्यार्थीहरुमा चिराग श्रेष्ठ, मेनुका दर्जी, सपना चाम्लिङ, सदिक्षा गुरागाई, डम्वरकुमारी खत्री र ज्योति सोनाका रहेका छन् । उनीहरु आफ्नो विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । कार्यक्रममा कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेम, एकेडेमी डाइरेक्टर अर्जुन घिमिरे, फाउण्डर मेम्वर दिपेन्द्र यादव, जिवन न्यौपाने लगायत अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो । तस्विरः विकास चाम्लिङ राई

megha2