धरान: छिमेकी मुलुक भरतमा कोरोना संक्रमण र मृत्यु दर वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पुर्णिमा (होली) पर्व भिडभाड तथा जमघट नगर्न आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बिहिबार एक सुचना जारी गर्दै निकट रहेको होली पर्वमा भिडभाड तथा जमघट नगर्न, नगराउन आग्रह गरेको हो । यस्तै, प्रशासनले कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै विगतमा सञ्चालनमा आएको क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने साथै सेवा अझ प्रभावकारी बनाउन पनि सबै स्वास्थ्य कार्यालय र स्थानीय तहहरुलाई पनि आग्रह गरेको छ । 

यस्तै, रात्रीकालिन व्यवसाय सञ्चालनबारे पनि जिल्लामा संक्रमणको अवस्था समेतलाई विचार गरेर भिडभाड नगर्ने र अबेरसम्म व्यवसाय सञ्चालन नगर्न पनि आग्रह गरेको छ । 

cdo-off