विराटनगर: प्रदेश १ मा दैनिकरुपमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज मात्र प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा ११४ जना छन् भने झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ जना छन् । संक्रमण पुष्टि भएकाहरु मध्ये १२ जना प्रदेश १ बाहिरका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरि ९० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१ जना छन् । यस्तै, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १–१ छन् । झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जना छन् भने ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५ पुगेको छ । प्रदेश १ मा आज ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।