धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टरनेट सेवामा भ्रष्टचार भएको विरोधमा डाक्टरहरु पुनः आन्दोलनमा उत्रिएका छन् । 

इन्टरनेट सेवा सम्बन्धी अध्ययन कार्यदलले भ्रष्टचार भएको र इन्टरनेट सेवा प्रदायक सुविसुसँग सम्झौता खारेज गर्न सुझावसहित प्रतिवेदन बुझाए पनि कार्यान्वयन नभएको भन्दै इन्टरनेट संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । समितिले आज मंगलबार प्रतिष्ठानको कम्प्युटर शाखा र प्रतिष्ठानस्थित सुविसुको कार्यालयमा पनि तालाबन्दी गरेको छ । उनीहरुले अबको ४८ घण्टाभित्र माग पुरा नगरे पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्ने पनि चेतावनी दिएका छन् ।

subisu5

प्रतिष्ठानमा इन्टरनेट सेवा सम्बन्धी अनुगमनकारी निकाय कम्प्युटर शाखा हो । प्रतिष्ठानमा इन्टरनेट सेवामा सुविसुको एकाधिकार रहेको छ । टेण्डरमार्फत इन्टरनेट सेवा प्रदान गरिरहेको सुविसुको गुणस्तर नभएको भन्दै यहाँका इन्टर्न विद्यार्थी, डाक्टर तथा फ्याकल्टीहरुले गुनासो गरिरहेका छन् । अनलाइनमार्फत अध्ययन गर्नुपर्ने विद्यार्थीहरु कमसल इन्टरनेट सेवाको कारण पीडित भइरहेको भन्दै पटक पटक आन्दोलित छन् । उनीहरुले इन्टरनेट सेवामा एक कम्पनीको मात्र एकाधिकार तोडिनुपर्ने र प्रतिस्पर्धाको आधारमा आफुहरुले सेवा प्रदायक छान्न पाउनुपर्ने माग गरिरहेका छन् । 

subisu1

प्रतिष्ठानले नै गठन गरेको कार्यदलले मासिक लाखौं नोक्सानी भइरहेको, गुणस्तर सुधार नभएकोलगायत निष्कर्ष निकाल्दै सम्झौता रद्द गर्न र नोक्सानी पनि असुल गर्न रिपोर्ट दिएको छ । तर, प्रतिष्ठानका पदाधिकारीहरुले उक्त प्रतिवेदन कार्यान्वयन नगरी भ्रष्टचारलाई संरक्षण दिइरहेको संघर्ष समितिको आरोप छ । कम्पनीसँगको मिलेमतोमा भष्ट्रचार र कमिशनमा डुबेका कर्मचारी र पदाधिकारीहरुले प्रतिष्ठानलाई करोडौं नोक्सानीमा पारेको आरोप छ । 

संघर्ष समितिले प्रतिष्ठानका विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट सेवा दिइनुपर्ने माग गरेको छ । कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, हालको इन्टरनेट सेवा बजार मुल्यभन्दा महंगो भएकोले सम्झौता खारेज गरेर प्रतिष्ठानलाई नोक्सानी हुनबाट जोगाउनुपर्नेलगायत माग राखेको छ ।    subisu2

subisu3

subisu4