धरान: कोभिड १९ को दोस्रो लहर तीब्र दरमा बढ्दै गएपछि धरानमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संलकन फारम भराउने कार्य स्थगित भएको छ । 

आज नगरीस्तरीय भुमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैठकले एक सातादेखि धरानको वडाहरुमा जारी लगत संकलन भोली मंगलबारदेखि स्थगन गर्ने निर्णय गरेको हो । लगत संकलन ईकाई प्रमुख वेदप्रसाद सापकोटाका अनुसार संक्रमण बढ्दै गएको र जनगुनासो पनि आएकोले समितिको बैठकले स्थगत गर्ने निर्णय गरेको हो । 'संक्रमण बढ्दो छ, फारम भर्न धेरै मानिसहरु आएका हुन्छन् । संक्रमण भयो भने धेरैमा हुने भएकोले सहजीकरण समितिको बैठक बसेर स्थगनको निर्णय भएको हो,'सापकोटाले भने । 

धरानमा बैशाख १२ गते आइतबारदेखि फारम भराउने कार्य शुरु भएको थियो । हालसम्म ६ हजार भन्दा बढीको लगत संकलन भइसकेको ईकाई प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार कतिपय वडामा सम्पन्न हुने क्रममा थियो भने ठुला र धेरै जनसंख्या भएको वडामा आधाको लगत संकलन भइसकेको थियो । लगत संकलन ३५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । 

bhumi1