धरान: कोरोना संक्रमणबाट आज धरानका एक वृद्धको मृत्यु भएको छ ।
धरान १३ का ८३ बर्षीय वृद्ध रहेको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मध्याह्न १२ बजेर ९ मिनेटमा वृद्धको मृत्यु भएको थियो ।
मृतकलाई बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको डा.पोखरेलले जानकारी दिए । उनको शवलाई नियम अनुसार व्यवस्थापन गरिएको पनि प्रतिष्ठानले जनाएको छ।