धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चक्रघट्टा ४ सर्लाहीकी ५३ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान साढे ११ बजे कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।