विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएकोमा २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही अवधिमा प्रदेशभरि २१९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थपिएका संक्रमितहरु मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१ जना छन् भने भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जना रहेका छन् ।
मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१ जना छन् ।
यता, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६ जना छन् । झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १ जन छन् । भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा १–१ जना छन् ।
पाँचथरको मिक्लाजुङमा ७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ ।