विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । 

कुल २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएकोमा ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, यही अवधिमा २५७ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयको भनाई छ । संक्रमित थप भएकाहरुमा झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३० र धनकुटामा १८ जना छन् भने सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र ते¥हथुममा १–१ थपिएका छन् । प्रदेश १ बाहिरका ३१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६,  शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बा¥हदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जना छन् । यसैगरि, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १–१ जना छन् । 

यता, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०, दुहवीमा ६, देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३–३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । 

इलामको फाकफोकथुममा १५, इलाम नगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्य दुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ ज्नामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ४५६ पुगेको छ ।