विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ७६३ जना कोरोना संक्रमित थपिएका छन् ।
कुल १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । साथै, आज ९३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । थपिएकाहरुमा संक्रमितहरुमा मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीय तह नखुलेका ४ जना छन् । झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७–७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बा¥हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४, चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १–१, खोटाङको दिप्रुङ चुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ३६० जना संक्रमणमुक्त भएका छन् ।