धरान: अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न, कोरोना संक्रमितको उपचारमा सुधार गर्नलगायत विभिन्न मागहरु लिएर धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दबाब दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले(माधव पक्ष), नेकपा माओवादी पार्टी, जनता समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद, राष्ट्रिष् जनमुक्ति पार्टीलगायत दलहरुले सोमबार प्रतिष्ठानको उपकुलपतिअघि धर्ना दिदै दबाब दिएका हुन् । उनीहरुले कोरोना संक्रमणको दोस्रो लहर शुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्नेमा पदाधिकारीहरुको गैरजिम्मेवारीपन र लापरवाहीपन देखाएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली शान्तिपुर्णरुपमा आएको बताएका छन् ।

bp-dharna3

स्वास्थ्य सेवा सुधार नगरेमा र कमीकमजोरी तत्काल सुधार नगरेमा थप विरोधको कार्यक्रम ल्याउने नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङले बताए । विरामीहरुले आइसियु, भेन्टिलेटर नपाएर, अक्सिजन अभावमा ज्यान गुमाइरहेको, डाइलाइसिस गर्न नपाइरहेको भन्दै उनले पदाधिकारीहरु भने कमिशन र भ्रष्टचारमा लिप्त भएको आरोप लगाए ।

जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुब लिम्बुले पनि प्रतिष्ठानकै उपकुलपति र पदाधिकारीहरुको गैरजिम्मेवारीपनले गर्दा लकडाउनमा पनि दबाब दिन आउन बाध्य भएको बताए । पदाधिकारीहरुसँग छलफलमा कोभिडको लागि तयारी अवस्थामा छौं, अक्सिजन कमी हुन दिदैनौं भने पछि १० दिनभित्रै प्लान्ट बिग्रिएर अक्सिजन अभाव भएको भन्दै लापरवाहीको हद नाघेको बताए ।

bp-dharan6

माओवादी केन्द्रका नेता चोत्लुङले आफुहरु प्रतिष्ठान सुधारको अभियानमा रहेको भन्दै सुधार नगरे पदाधिकारीहरुलाई तिनकुनेदेखि लखेट्ने चेतावनी दिए । एमालेका अध्यक्ष नारायण सुवेदीले विरामीले अक्सिजन नपाएर ज्यान गुमाइरहदा उपकुलपति मुकदर्शक भएको आरोप लगाए । संघीय लिम्बुवा राज्य परिषदका सञ्जुहांग साँवाले विरामीको उपचार गर्दिन भनेर वीपीले गम्भीर लारवाही गरेको भन्दै आक्रोश पोखे ।

bp-dharna

bp-dharna1

bp-dharna5 1