विराटनगर:  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७८७ जना कोरोना संक्रमित थपिएका छन् । 

कुल २ हजार ५ सयको पिसिआर परीक्षण गरिएकोमा ३५५ महिला र ४३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थप भएकाहरुमा मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या भने १९ हजार ८४० पुगेको छ । यस्तै, आज ४६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६,  उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०–१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४–४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २–२ जना छन् । कानेपोखरी र रतुवामाईमा १–१, झापाको भद्रपुरमा ५६, मेचीनगरमा ५१, विर्तामोडमा ४१, दमकमा २९, अर्जुनधारामा २०, शिवसताक्षीमा १३, कनकाई र कमल गाउँपालिकामा ११–११, कचनकवलमा ६, बुद्धशन्तिमा ५, हल्दिबारीमा २, गौरादह, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जना रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै, सुनसरीको इटहरीमा ७४, धरानमा ६६, दुहवीमा १०, रामधुनीमा ९, इनरुवामा ८, गढी र बराहक्षेत्रमा ६–६, देवानगञ्जमा ५, भोक्राहानरसिंहमा ४, कोशी गाउँपालिकामा २, बर्जु र  स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढीमा ४, रौतामाई, उदयपुरगढी र बेलकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, पाख्रिवास, साँघुरीगढी, चौवीसे, शहिदभूमी र स्थानीय तह नखुलेका १–१ जना छन् । 

संखुवासभाको खाँदबारीमा ४, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२,  ते¥हथुमको म्याङलुङमा ३ र फेदापमा १, भोजपुरको भोजपुर नगरपालिकामा २ र हतुवागढीमा १, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ३१३ पुगेको छ । संक्रमित भएका मध्ये ४२ हजार ८४१ संक्रमणमुक्त भएका छन् ।