धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरुले वृहत विरोध र्याली निकालेका छन् ।

संयुक्त संघर्ष समितिको आह्वानमा आज बिहान प्रतिष्ठानबाट र्याली निस्केको हो । उपकुलपति कार्यालयमा शुरु भएको र्याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोकतर्फ हिडेको छ । र्याली भानुचोक पुगेर पुनः प्रतिष्ठानमा आउने र विरोध सभामा परिणत हुने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले जानकारी दिए । 

शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै संघर्ष समितिले वृहत प्रर्दशन गरेको हो । प्रतिष्ठानमा आन्दोलन चर्किएको आज २० औं दिन हो । संघर्ष समितिले चारै पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ भने प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले गठन गरेको समितिसँग मात्र वार्ता गर्ने घोषणा गरेको छ । एक साताभित्र पनि माग पुरा नगरे सामुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने संघर्ष समितिले जनाएको छ ।  

bp-raly1bp-raly2

bp-raly3

bp-raly4

raly6

raly5