धरान: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४३९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये धरानमा ८० जना नयाँ संक्रमित थपिएका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा १–१ जना छन् भने प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, झापा गाउँपालिकामा १ जना रहेका छन् ।
यता, सुनसरीको धरानमा ८० जना, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६ जना छन् भने भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १–१ जना संक्रमित थपिएका छन् । मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, ग्रामथान र केराबारीमा १–१ जना छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, चुलाचुली र माईमा १–१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, तेह्रथुमको आठराईमा १ र संखुवासभाको खाँदबारीमा १ जना छन् । प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५५९० रहेको छ । यसैगरि, पछिल्लो चौबिस घण्टामा प्रदेशमा ३४२ जना संक्रमणमुक्त भएका छन् ।