धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोली प्रतिष्ठान आइपुगेको छ ।
अहिले प्रतिष्ठानमा मन्त्रालयको वार्ता टोली र संघर्ष समितिबीच वार्ता भइरहेको छ । आन्दोलनरत पक्षले ७२ घण्टे अल्टिमेटम दिदै बुधबारदेखि कोभिड र इर्मजेन्सी बाहेक सबै सेवाहरु बहिष्कार गर्ने घोषणा गरेपछि सोमबार मन्त्रालयले वार्ता टोली गठन गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सेवा विभागका निर्देशक डा.कृष्णप्रसाद पौडेल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका थिए । समितिमा स्वास्थ्य मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र शाखा अधिकृत देवराज भण्डारी सदस्य छन् । हाल ३ जनाको वार्ता टोलीले आन्दोलनरत संघर्ष समितिसँग मागहरुबारे वार्ता गरिरहेको छ ।