धरान: धरानमा भदौ ४ गतेदेखिको १० दिन लकडाउनमा औषधी पसलबाहेक सबै बन्द गरिने भएको छ ।

कार्यपालिकाले लकडाउन गर्न सिफारिश गरेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन हुने आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा औषधी पसलहरु मात्र खोल्न दिइने उल्लेख छ । सर्वसाधारणको हिडडुल र आवतजावतलाई पुर्णरुपमा निषेध गरिएको छ भने कोशी राजमार्ग भएर चल्ने सवारीसाधानहरुलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन पुर्णरुपमा निषेध गरिएको छ ।

यसैगरि, दुग्धजन्य पदार्थ सटर नखोली बिहान ७ बजेभित्र बिक्री वितरण गरिसक्नुपर्ने छ । वीपी प्रतिष्ठानमा विरामीलाई उपचारको भरपर्दो व्यवस्था मिलाउने, प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, नर्स, कर्मचारी मात्र हाताभित्र आवतजावत गर्न सक्नेछन् । 

lock-cdo