धरान: धरान उपमहानगरपालिका क्षेत्रमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय फिर्ता लिने सहमति भएको छ।

चौतर्फी विरोध भएपछि धरान उपमहानगरपालिकाले बिहिबार सर्वपक्षीय बैठक आयोजना गरेर यसअघि भएको पुर्णलकडाउनको निर्णय फिर्ता लिने सहमति भएको हो । उक्त बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्मको पुर्णलकडाउनको स्वरुप परिवर्तन गरि नियमित निषेधाज्ञा मात्र जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सर्वपक्षीय सहमतिको निर्णय सिडिओ कार्यालयमा पठाइसकेको र पुर्णनिषेधज्ञाबारे संशोधन हुने बताए । उनले भने, 'हामीले लेखेर सिडिओ कार्यालय पठाइसकेका छौं, सिडिओ साबले संशोधन गरेर आदेश पठाउछु भन्नु भएको छ । पुर्ण निषेधाज्ञा धरानको लागि बिशेष निर्णय थियो, त्यो संशोधन भए पनि नियमित निषेधज्ञा जारी रहन्छ ।'

 

lock1lock2