धरान: भदौ ४ गतेदेखि धरानमा १० दिनसम्म पुर्ण लकडाउन गर्ने निर्णय खारेज भएको छ ।

धरान उपमहानगरपालिकासहित सर्वदलीय बैठकले लकडाउनबारे पुर्नविचार गर्न आग्रह गरेपछि डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि पुर्णलकडाउनको निर्णय खारेज भएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् । पुर्णलकडाउन अवधिमा नै त्रिभवुन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा विभिन्न तहको परिक्षा सञ्चालन हुने भएकोले धरानबाट पुर्णलकडाउनमा पुर्नविचार गरिदिन आग्रह भएपछि यसअघिको निर्णय खारेज गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

lockdown-firta1

पुर्णलकडाउन खारेज भएपनि जिल्लाभर लागु भएको निषेधाज्ञा भने जारी रहने जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले भदौ ७ गते राती १२ बजेसम्म निषेधज्ञा जारी गरिसकेको छ । उक्त निषेधाज्ञा वमोजिम औषधी र स्वास्थ्य सामग्री,  इन्धन व्यवसाय, तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउविज पसलहरु दिनैभरि खोल्न पाइनेछ ।

त्यसबाहेक पसल, डिर्पाटमेन्ट स्टोर बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने थोक कृषि बजार बिहान ४ बजेदेखि १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । धरानमा भने संक्रमण बढ्दै गएको कारण सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ भने अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । 

नियमित निषेधाज्ञा :

lock-firta3