धरान: धरानका औषधी व्यवसायीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा आन्दोलनरत पक्षले लगाएको तालाबन्दी खोल्न आग्रह गरेका छन् ।

नेपाल औषधी व्यवसायी संघ, ईकाई कमिटी धरानले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सुद्धिकरण आन्दोलन लामो समय चल्दा प्रतिष्ठानको आसपासमा खुलेका व्यवसायहरुमा पनि नकरात्मक असर पर्न थालेको भन्दै संघले तालाबन्दी खोल्न अनुरोध गरेको छ । आन्दोलनरत पक्षको माग वमोजिम सरकारको आधिकारिक निकायहरुबाट प्रतिष्ठानमा आएर आवश्यक कागजात, प्रमाणहरु लिएर गएकोले कानुनी प्रक्रिया पुरा गरि गुण र दोषको आधारमा दोषीहरुलाई कारबाही हुने भन्दै संघले पदाधिकारीहरुको कार्यकक्षमा लागेको ताला यथासिघ्र खोल्न अनुरोध गरेको हो ।

प्रतिष्ठानमा विगत ७६ दिनदेखि आन्दोलन जारी छ । यहाँका चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी भएको नै ६० दिन भइसकेको छ । निरन्तर आन्दोलन हुँदा अस्पताल नै बन्द भएको भन्ने भ्रम जनमानसमा फैलिएको र यसले समग्र धरान तथा धरानबासीहरुमा नकरात्मक प्रभाव परेको संघको भनाई छ । 

bp-medicine1