धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले उपकुलपतिसहित चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने भएका छन् ।

उपकुलपतिले वार्तामा मदिरा पिएर आएपछि चर्किएको आन्दोलनलाई मंगलबार राती सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले बुधबार बिहान चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने बताए । उनले अबको वार्ता पदाधिकारीहरुसँग नहुने भन्दै नेपाल सरकारले गठन गरेको उच्चस्तरको टोलीसँग मात्र वार्ता बस्ने पनि प्रष्ट पारे । ‘हाम्रो वार्ता माथिल्लोस्तरको नेपाल सरकारले बनाएको वार्ता टोलीसँग मात्र हुन्छ, उहाँहरुसँग हुदैन,’संयोजक डा.रिमालले भने,‘भोली बिहान चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी हुन्छ । हामीलाई चारै जना पदाधिकारीको राजिनामा चाहिन्छ ।’

संघर्ष समितिका संयोजक डा.रिमाल, सहसंयोजक डा.विष्णु पोख्रेलले सम्बोधन गर्दै अनसनमा बसेकाबाहेक सबैलाई फर्कन आग्रह गरेका थिए । साथै, उपकुलपति डा.गिरीलाई सुरक्षितरुपमा क्वार्टरसम्म पुर्याइदिन उनीहरुले प्रहरीलाई पनि आग्रह गरेका थिए । दुवैले आग्रह गरेपनि आन्दोलनरत सबै उपकुलपति कार्यालय परिसरबाट फर्किएका थिए । वार्ता भाडिएपछि आन्दोलनरत पक्षले उपकुलपतिसहित वार्तामा सहभागी सबै पदाधिकारीहरुलाई उपकुलति कार्यालयभित्रै थुनेका थिए । वार्तामा अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहबाहेक उपकुलपति डा.गिरी, रेक्टर प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक निर्देशक डा.प्रमोद वराललगायत थिए ।

पदाधिकारीहरुसँग मेयरले गरे २ घण्टा बढी छलफल

tilak-bp

उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा पिएर वार्तामा बसेको र वार्ता भाँडिए पनि धरानका मेयर तिलक राई प्रतिष्ठान पुगेर २ घण्टा भन्दा बढी उपकुलपतिसहित उपस्थित पदाधिकारीहरुसँग छलफल गरेका थिए । उनले आन्दोलनरत पक्षसँगको कुरा सुनेपछि भित्र पुगेर मापसे परीक्षण गर्न कि आन्दोलनकारीलाई सम्बोधन गरेर सम्झाउन आग्रह गरेको बताए । त्यतिकै आरोप लगाएको हो भने पनि सबै पदाधिकारीहरुको पनि मेडिकल जाँच गर्न आग्रह गरेको उनले सुनाए ।

प्रतिष्ठानका रेक्टर प्रा.डा.गुरु खनालले स्वीकार गरेको तर उपकुलपतिले भने अराजकता निम्तिने जवाफ दिएको बताए । तर, आफुले नेतृत्वले सबै जिम्मा लिने हो भनेर सम्झाएको बताए । 'हामीले पटक पटक भन्यौं, यो नैतिकताको कुरा हो । डाक्टर, विद्यार्थी, कर्मचारीले नैतिकताको कुरा उठाए, वार्तामा पदाधिकारीले मदिार सेवन गरे भन्ने नैतिकताको कुरा हो भन्यौं, जसरी पनि मेडिकल टेष्ट गर्नुस् भन्यौ,’प्रतिष्ठानका सिनेटरसमेत रहेका मेयर राईले भने, ‘मलाई पनि रजिष्ट्रार, रेक्टरबाहेक भिसिको व्यवहार अरुबेला भन्दा फरक लाग्यो ।’ मेयर राईले उपकुलपतिले रक्सि पिए जस्तो देखिएको पनि बताए । ‘रक्सि पिएजस्तो देखिन्छ, भिसिको व्यवहार अरु बेलाजस्तो देखिदैन,’उनले भने ।

भिडियो: