धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सुनसरी जिल्लामा एकै साथ वडाहरुमा अधिवेशन हुदैछ ।

कांग्रेस जिल्ला कार्यसमितिका अनुसार जिल्लाको १२४ वटा वडाहरुमा एक साथ अधिवेशन भइरहेको हो । अधिकांश वडाहरुमा अधिवेशन शुरु भइसकेको कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता  सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार वडा अधिवेशनबाट आज वडाको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन हुनेछन् ।

congress1 1

वडा अधिवेशनको क्रममा सर्वसम्मत हुने स्थानमा सर्वसम्मत नेतृत्व चयन हुनेछ भने हुन नसकेमा चुनावी प्रक्रियाबाट नेतृत्व र प्रतिनिधि चयन हुने पनि सचिव तामाङले जानकारी दिए । सुनसरीमा २ उपमहानगरपालिका रहेको छ भने ४ नगरपालिका र ६ गाउँपालिका रहेको छ । जिल्लामा असोज १ गते प्रदेशसभा निर्वाचन क्षेत्र र ५ गते प्रतिनिसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने तालिका छ । 

congress3