धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले प्राध्यापक नभएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज एक प्रेश विज्ञप्ती जारी गर्दै उपकुलपति गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएको प्रष्ट पारेको छ । साथै, उनलाई प्रचलित कानुन वमोजिमको प्रक्रिया शुरु भइसकेको पनि मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् ।

यसैगरि, मन्त्रालयले २५ प्रतिशत सिनेटले हस्ताक्षर गरि कुलपति समक्ष पेश गरेको र चाडै उपयुक्त प्रक्रिया अनुसार छानबिन गरेर पदाधिकारीको कार्वाही प्रक्रिया सिनेटबाट अघि बढाइने पनि जनाएको छ । दोषी पदाधिकारीहरुलाई कारबाहीको लागि उच्चस्तरीय छानबिन समिति सिनेटबाट नै गठन हुने पनि मन्त्रालयले प्रष्ट पारेको छ । यस्तै, आन्दोलनकारी पक्षको माग वमोजिम प्रतिष्ठान स्थापनादेखि हालसम्मको अवस्थाबारे छानबिन गर्न आयोग गठनका सम्बन्धमा आवश्यक परामर्श र समन्वय गरि उचित निर्णय लिने पनि मन्त्रालयले जनाएकोछ ।

यस्तै, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गरिने पनि प्रवक्ता पौडेलले प्रष्ट पारेका छन् । प्रतिष्ठानमा भएको भ्रष्टचारको छानबिन गर्न अख्तियारबाट कागजात लिइसकेको र छानबिन भइरहेको पनि मन्त्रालयले जनाएको छ । पदाधिकारी नियुक्तीको मापदण्ड तय गर्न प्राध्यापकसहितको समिति गठन भइ कार्यसमेत अघि बढीसकेको र चाडै मापदण्ड तयार गर्ने मन्त्रालयले जनाएको छ । साथै, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीको राजिनामा स्वीकृत भइसकेको पनि मन्त्रालयले प्रष्ट पारेको छ । 

ministry