धरान: कोरोना महामारीको कारण बन्द रहेको धरान उपमहानगरपालिका वडा नं २० स्थित सेक्ष एडभेञ्चर पार्क पुनः सञ्चालनमा आएको छ । 

यहाँ अहिले दशैंको अवसरमा छुट अफरमा साहसिक खेल पर्यटन अन्तर्गत स्काई साइक्लिङ, जिप लाइन र ह्याङगिङ ब्रिचको मजा लिन सकिनेछ । कुल १ हजार ८ सय ५० रुपैयाको यी तीन इभेन्ट अहिले दशैंको अवसरमा १ हजार मात्र शुल्क लिइरहेको सञ्चालक वासुदेव वरालले जानकारी दिए । यो पार्क कोरोनाको दोस्रो लहर शुरु हुनुअघि नै पनि सञ्चालनमा आएको थियो । दोस्रो लहर शुरु भएपछि पुनः बन्द भएको थियो । 

sechha2

यो पार्क करोडौं लगानीमा पर्यटनकर्मी वराल र एलिना मगरले सञ्चालनमा ल्याएका हुन् । पहिलो चरणमा सवा ४ करोड लगानी भइसकेको छ । जग्गामा धेरै लगानी भएको र ३ वटा टावरको संरचना, रेष्टुरेष्ट, स्टाफ क्वार्टर लगायत संरचना बनेको उनले बताए । ग्लास ब्रिजमा थप १ करोड लगानी हुनेछ भने स्विङ पनि निर्माण हुने उनले बतए । भर्खर खरिद गरेको जग्गामा ६ वटा कोठा भएको लज पनि निर्माण हुनेछ । वाटर फाउन्टेन, बुद्धको मुर्ति र छोर्तेन पनि निर्माण हुने उनले बताए । कालीमाटी तामाङ गाउँ भएकोले साँस्कृतिकरुपमा पनि पार्कलाई झल्काउने प्रयास भएको उनले बताए ।

भिडियो:

 

sechha10

sechha3

sech2

sechha8

sechha9

sechha5

sechha6

sechha7

sechha4