धरान: धरानको विजयपुरगढीस्थित प्रसिद्ध बुढासुब्बा मन्दिरमा आज निसान निकालेर बिशेष पूजा गरिएको छ ।

वडा दशैंको महानवमीको दिन हरेक बर्ष मुल पुजाघरबाट निसान निकालेर मन्दिरसम्म लगिन्छ, र बिशेष पुजा हुन्छ । मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बर्षमा २ पटक बुढासुब्बामा बिशेष पूजा हुन्छ । ‘बैशाख पुर्णिमा र महानवमीको दिन बुढासुब्बा मन्दिरमा बिशेष पूजा गर्ने परम्परा छ,’उनले भने,‘बर्षमा दुई दिन निशान झण्डा मुल पुजा घरबाट लैजान्छौ, र मन्दिरको दक्षिणमा रहेको निशान भगवानलाई पुज्छौ ।’

budha-subba8

निसानसँगै गहनाहरु पनि निकालेर पुजा गरिन्छ । निसान बालकहरुले बोक्छन् । विगतमा पञ्चे बाजाहरुसहित निसान निकाल्ने गरिएपछि पछिल्लो बर्ष ढोल झयाम्टा मात्र बजाउन थालिएको सचिव आलेले बताए । ‘गहना, बलि हान्ने हतियार, जमरा पनि लगिन्छ । निसान बालकहरुले बोक्छन्,’उनले भने ।

स्थानीयबासी एवं समाजसेवी प्रेमप्रसाद पराजुलीका अनुसार अरु बेलाको पुजा भन्दा बैशाख पुर्णिमा र महानवमीको दिन गरिने पुजाले अत्यधिक फल पाउने जनविश्वास छ । त्यही परम्परा अनुसार यी दुई बिशेष दिनमा मन्दिरमा पनि बिशेष पुजा हुने उनले बताए । 'कुनै पनि मन्दिरको आ आफ्नो बिशेष उत्सव हुन्छ, बुढासुब्बाको बैशाख पुर्णिमा र नवमी तिथिलाई बिशेष मानिन्छ,' उनले भने ।  

budha-subba6

budhasubba

budha