धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा आज बिशेष पुजा सम्पन्न भएको छ ।

बैशाख पुर्णिमाको दिन हरेक बर्ष बिशेष पुजा हुदै आएको छ । अघिल्लो दिन हिजो मन्दिर परिसरमा रहेको टुप्पो विनाको सुकेका बाँसहरु काटिएको थियो । ती बाँसका टुक्राहरु प्रसादकोरुपमा भक्तजनहरुले घर लैजाने प्रचलन छ । आज बिशेष पुजामा आएका भक्तजन, स्थानीयहरुले ती बाँसका टुक्राहरु प्रसादकारुपमा पनि लगेका छन् । यहाँ सुकेका, ढलेका बाँसहरु बर्षको एन दिन बैशाख पुर्णिको अघिल्लो दिन मात्र काटिन्छ । यहाँको बाँसको टुप्पो नहुने भएकोले बिशेष महत्वको मानिन्छ ।

budha-subba10

मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बैशाख पुर्णिको दिन बाँजागाजासहित निसान झण्डा, लिंगो ल्याइन्छ भने चण्डी थानमा पुजा पनि गरिन्छ । मन्दिरको गहनाहरु पनि आजको दिन मात्र ल्याइन्छ । बैशाख पुर्णिमाको दिन बुद्ध जयन्ती पनि परेकोले हिजोआज काटमार केही कम भएको उनले बताए । ‘सिंगारपटार उत्सव जस्तै हुन्छ, पुजा पनि बिशेष हुन्छ तर पहिला २, ३ बजेसम्म काटमार हुन्थ्यो अचेल काम छ,’उनले भने ।